पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन १६, काठमाडौँ | </b>संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्लाह सईद मुवारक जरवान अल शाम्सीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।<br></p><p>मंगलबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूतले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।</p><p>राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकालेको विज्ञप्तिमा राष्ट्रपति पौडेल र राजदूतबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको उल्लेख छ।</p>

