2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएई र कुवेतका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

साउन १८, काठमाडौँ | संसदीय सुनुवाइ विशेष समितिले दुई देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ ।

समितिले आज यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री र कुवेताका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ सम्पन्न गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफु राजदूत बनेर गएमा दुइृ देशबीच सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

सुनुवाईका क्रममा सांसदहरुले विभिन्न प्रश्न गरेका थिए । यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीलाई नेकपा एमाले सांसद ईश्वरी घर्तीले महिलालाई दुव्र्यवहार गर्ने गरेको आरोप लाग्छ रे हो ? भनेर प्रश्न गरेकी थिईन् । उनले क्षेत्रीलाई तपाँई एक प्याराग्राफपनि अंग्रेजी लेख्न जान्नु हुन्न रे ? भन्दै प्रश्न गरेकी थिईन् । जवाफमा क्षेत्रीले आफु २६ वर्षदेखि कुटनीतिको क्षेत्रमा रहेको भन्दै आफ्नो भलो नचाहनेहरुले गलतरुपमा उजुरी दिएको बताए ।

त्यस्तै सांसद प्रकाश अधिकारीले यूएई रोजगारिको राम्रो सम्भावना भएको देश रहेको भन्दै नेपाल र यूएईबीच बिप्पा सम्झौता कार्यान्वयन गराउन भूमिका खेल्न आग्रह गरे ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ सम्पन्न गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनेछन् । प्रस्तावित राजदूतहरु गत असार २८ गते सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल