डेढ महिनादेखि कुवेतमा अलपत्र नेपाली महिलाको शव नेपाल पठाउदै एनआरएनए कुवेत

साझासवाल
1 Min Read

साउन २३, काठमाडौँ | वैदेशिक रोजगारीमा कुवेत पुगेर मृत्यु भएकी एक नेपाली महिलाको शव स्वदेश पठाइने भएको छ । करिव डेढ महिनादेखि कुवेतमा अलपत्र परेको दाङकी दुर्गी कुमारी खत्रीको शव नेपाल पठाउन लागिएको हो ।

घरेलु कामदारको रुपमा कुवेत गएकी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै आएकी थिइन। करिव दुई महिना पहिलेदेखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तारिकमा उनको मृत्यु भएको थियो ।

मृतक खत्री नेपालबाट श्रम स्वीकृति नगरी गैरकानुनी बाटो हुँदै कुवेत पुगेको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा अलपत्र अवस्थामा थियो।

अस्पतालमा शव अलपत्र परेपछि त्यहाँस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतलाई जानकारी गराएको थियो । एनआरएनए पहलमा कुवेतमा क्रियाशील विभिन्न १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर शव नेपाल पठाउने भएको छ।

दुर्गी कुमारी खत्रीको सन्दर्भमा पनि श्रम नगरी गैरकानूनी रुपमा कुवेत आएको र मृत्यु भएको कारण उनको शव अलपत्र परेको थियो। उनको परिवारले नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड्को सचिवालयबाट कुनै पनि किसिमको क्षेतिपुर्ती वा इन्सुरेन्स पाउने छैन।उनको शव केही दिनभित्र नै नेपाल पुग्ने गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले बताएका छन।

Share This Article
Leave a Comment

Leave a Reply