<p><b>भदौ ६, काठमाडौँ | </b>धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन भने घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ।<br></p><p>जसमध्ये २ जनाको धादिङकै राजमार्ग अस्पताल र १५ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ। बसमा कम्तीमा पनि २५ देखि ३० जना सवार रहेको बताइएको छ।</p><p>धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा परि २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको डिएसपी जयसवालले जानकारी दिए । </p>


