२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’

२१ आश्विन २०८०, आईतवार ०७:४०

असोज २१, काठमाडौँ | इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् । 

शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् । अनुहार भरी चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए । यहाँ नेपालीहरूको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म तीन जना नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको बताए । दुई जनलाई उद्धार गर्ने काम भैरहेको र अझै नौ नेपाली बेपत्ता रहेको उनले बताए ।


 ‘अहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन, केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौँ अझै नौ जना बेपत्ता छन्’, जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजी हाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बङ्करमा नगए सुखै छैन ।’

निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौँ नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए । यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमलामा १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।

हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भैरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

कम्तिमा ११ सय घाइते भएका छन्, घाइते मध्ये धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौँ हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।

हमासले नेपालीसहित दर्जनौँ इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरिएको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।

झापाली समाज इजरायलको अपिल

झापाली समाज इजरायलले इजरायलमा शनिबारदेखि द्वन्द्व शुरु भएको भन्दै यो विषम परिस्थितिमा आफ्नो सुरक्षाको ख्याल राख्न र इजरायली सुरक्षा निकायको निर्देशनलाई शतप्रतिशत पालना गर्न सबैलाई समाजले अनुरोध गरेको छ ।

अलुमिन किबुजको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी, इजरायली नागरिक र अन्य मुलुकका नागरिकहरू हमासको आक्रमणमा घाइते भएको हुनाले उनीहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो जटिल अवस्थामा विभिन्न खालका द्वन्द्वका भिडियो फोटोहरू सामाजिक सञ्जालमा पोष्ट नगरिदिन हार्दिक अनुरोध गरिएको छ ।

जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग र समन्वयका लागि झापाली समाज इजरायल र नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान