२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’

२०८०, २१ आश्विन आईतवार ०७:४०

असोज २१, काठमाडौँ | इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् । 

शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् । अनुहार भरी चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए । यहाँ नेपालीहरूको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म तीन जना नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको बताए । दुई जनलाई उद्धार गर्ने काम भैरहेको र अझै नौ नेपाली बेपत्ता रहेको उनले बताए ।


 ‘अहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन, केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौँ अझै नौ जना बेपत्ता छन्’, जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजी हाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बङ्करमा नगए सुखै छैन ।’

निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौँ नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए । यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमलामा १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।

हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भैरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

कम्तिमा ११ सय घाइते भएका छन्, घाइते मध्ये धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौँ हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।

हमासले नेपालीसहित दर्जनौँ इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरिएको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।

झापाली समाज इजरायलको अपिल

झापाली समाज इजरायलले इजरायलमा शनिबारदेखि द्वन्द्व शुरु भएको भन्दै यो विषम परिस्थितिमा आफ्नो सुरक्षाको ख्याल राख्न र इजरायली सुरक्षा निकायको निर्देशनलाई शतप्रतिशत पालना गर्न सबैलाई समाजले अनुरोध गरेको छ ।

अलुमिन किबुजको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी, इजरायली नागरिक र अन्य मुलुकका नागरिकहरू हमासको आक्रमणमा घाइते भएको हुनाले उनीहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो जटिल अवस्थामा विभिन्न खालका द्वन्द्वका भिडियो फोटोहरू सामाजिक सञ्जालमा पोष्ट नगरिदिन हार्दिक अनुरोध गरिएको छ ।

जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग र समन्वयका लागि झापाली समाज इजरायल र नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा