३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बङ्करबाट विपिनको सन्देश- १० जना साथी गुमायौं, हामी पनि खतरामा छौँ उद्धार होस्(भिडिओ)

२२ आश्विन २०८०, सोमबार ०७:०६

असोज २२, काठमाडौँ | इजरायल को बङ्कर बाट नेपाली विद्यार्थीको जीवन बचाई दिन सुदूर पश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल पुगेका विपिन सुबेदीले नेपाल सरकारसँग उद्धारको माग गरेका छन्।

उनले बङ्कर भित्र लुकेर बसेका नेपालीहरूले उद्धारमा ढिलाई हुँदा थप समस्या हुन सक्ने बताएका छन् । उनले भिडियो सन्देश पठाउँदै उद्धारको अपिल गरेका हुन् ।

आफू लगायत चार ५ जना ३ दिन देखि बङ्करमा रहेको भन्दै उद्धारको अपिल गरेका हुन् । इजरायलमा रहेका नेपालीहरूले उद्धारमा सरकारले ढिलाइ गरिरहेको छ । 

‘तीन दिन देखि यहाँ छौँ । ५ जना छौँ । एम्बेसी उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसेका छौँ’ उनी भन्छन्, ‘बङ्करमा ती मिसाइल खस्दा दर्शदान हुन्छ ।’

१० जनाको ज्यान गइसकेको भन्दै आफूहरू पनि असुरक्षित रहेको उनी बताउँछन् ।

‘१० जना साथी गुमाइसकेका छौँ हामी पनि गुम्छौ कि भन्ने डर छ । १० जना साथीहरूले गरेको हार गुहार हामीलाई याद आउँछ’ उनी भन्छन्, ‘यहाँ आएर हाम्रो साथीहरूलाई जस्तै हामीलाई पनि बर्बरता पूर्वक मारो भने हामी पनि त्यसै गरि मर्ने ?’

धेरै समय बङ्करमा पनि रहन नसके उनीहरू बताउँछन् । ३९ जनामा १० जना गुमाइसकेको भन्दै बचेकाहरूलाई उद्धार गर्ने उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड