२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अन्य देशले आफ्ना नागरिकको उद्धार गर्‍यो, इजरायली बंकरमा नेपाली मात्रै

२०८०, २२ आश्विन सोमबार ०७:४५

असोज २२, काठमाडौँ | इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीकाअनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन ।  आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्‍यौँ । तर, लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ । उद्धार हुन सकेको छैन’ गिरीले भने ।  

सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ ।  ‘शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बङ्करमा थिए । तर, अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बङ्करभित्रै छन्’ उनले भने ।  

हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ । उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो ।  उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न बङ्कर छन्, न त आर्मी नै छन् । बङ्कर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे । 

त्यस्तै १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ ।  त्यस्तै ८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४÷५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ । 

बंकरभित्र बसेपनि बाहिर गोली चलेको बम पड्किएको आवाज आइरहेको छ । जसले गर्दा कति बेला के हुन्छ भन्नेमा डरै डरमा बस्नु परिरहेको उनको भनाई छ । ‘बंकरभित्रबाट बाहिर गोली चलेको, बम पड्किएको आवाज आइरहेको छ । उद्धार गर्न भनिरहेका छन् । तर, हामीले पनि केही गर्न सकिरहेका छैनौं । आफ्नै साथी गोली लागेको ढलेको छ । फेरि बम पड्किने, गोली चल्ने क्रम जारी छ’ उनले भने । 

आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए ।  ‘इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले बङ्करमा नेपालीहरू मात्र छन् ।’ उनले भने ।   

‘मैले राजदूत कान्ता रिजाललाई फोन गरेको थिए । लोकेसन पठाउनु भन्नुभयो । तर, कोही आएका छैनन् । अहिले त बंकरभित्र नेपालीहरू मात्र छन् । अन्य देशकाहरूको फटाफट उद्धार भयो । हामी भने बङ्करभित्रै छौं’ उनले भने ।   

इन्टनका लागि गएपछि भने जस्तो काम नभएको उनको भनाई छ । ‘जतिखेर पनि थर्काएको थर्काए गर्ने । लेबरको जस्तो व्यवहार गर्ने । पुरै नपढेको जस्तो काममा लगाउँदा रहेछन्,’ उनले भने, ‘प्रेक्टिकल भनेको छ, खेतका काम गर्ने झार उखेल्ने काममा लगाएको हुन्छ । यो त प्रेक्टिकल भएन ।’  उनले यो इन्टर्न कार्यक्रम नै स्क्यामको संज्ञा दिएका छन् । इन्टनका लागि इजरायल पुगेका सबै विद्यार्थीले तत्काल नेपाल फर्काउन माग गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा