असोज २२, काठमाडौँ | अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए ।