Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
October 12, 2023 प्रवास

स्वदेश फर्किँदै गरेका विद्यार्थीले भने- इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, काठमाडौँ | युद्धरत इजरायलमा रहेका नेपाली विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश ल्याउने तयारी गरिएको छ। तेलअभिभ स्थित बेन गुरिन विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको जहाजमा विद्यार्थीहरू चढेका छन्।

विद्यार्थीहरू जहाजमा चढेको फोटो/भिडिओ‌हरू सामाजिक सञ्जालमा देखिएका छन्। जहाजमा चढेपछि एक विद्यार्थी प्रमोद केसीले आफूहरूलाई भगवान्‌ले अर्को जुनी दिएर रणभूमिबाट फर्किएर आउन सफल भएको बताएका छन्। उनले आफूसँगै आएका केही साथीहरू गुमाउनुपर्दा कलिला मुनाहरू पलाउन नपाउँदै अस्ताएको भन्दै दु:ख व्यक्त गरेका छन्।

बिहीबार २५१ जना नेपाली स्वदेश फर्किन लागेका हुन्। घाइते ३ विद्यार्थी भने इजरायलस्थित स्थानीय अस्पतालमा उपचाररत छन्। शनिबार हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरका विपीन जोशी अझै भेटिएका छैनन्। आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए।

उनले लेखेका छन्-

खै कसरी सम्झिऊँ ती घटनाहरू, मन नै थामिँदैन। कुन सपना/आशा लिएर आएका ती कलिला मुनाहरु पलाउन नपाउँदै अस्ताए। भगवान् दाहिने रहेछन् र युद्धको त्यो रनभूमिबाट फर्केर आउन सफल भएँ। सँगै सपना बोकी गएका ती मुनाहरु अब रहेनन्। भगवान्‌ले अर्को जुनी दिनुभएको छ। यो जुनिको हिस्सा बनिदिनुभएकोमा दाइ विकल्प शाही, बोस गिलाद अन्य दाइदिदीहरूमा धेरै धेरै धन्यवाद। र मेरो सफल जिन्दगीको लागि प्रार्थना गर्ने सम्पूर्णलाइ नमन। अहिले हामी इजरायलबाट नेपालका लागि जहाज चढिसकेका छौँ।