2026-09-08 01:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी (सूची)

असोज ३०, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाअधिवेशन काठमाडौँमा सुरु भएको छ । ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन् । उनले स्वस्ति वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन् ।

एनआरएनएको अध्यक्ष पदका लागि चार आकांक्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएको एनआरएनए सचिवालयले जनाएको छ ।

एक अध्यक्षको पदको लागी मैदानमा चारजना देखिए पनि विगतका केहि वर्ष झैं यसपटक पनि एनआरएनएको चुनावमा नेपाली राजनीतिक दल निकै हाबी हुने देखिएको छ । गत चुनावमा पनि राजनीतिक दल हाबी भएकै कारण दुई वर्षे कार्याकालका लागी तीनजना अध्यक्ष बनाइएको थियो । त्यसैले यसपटक पनि एनआरएनलाई राजनीतिबाट मुक्त बनाउने भनिएपनि काँग्रेस, एमाले र माओवादीबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको सहभागिहरु बताउँछन् ।

डा. केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।

अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् ।

अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा. केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् ।

चौथो प्रत्याशीका रूपमा रहेकी रविना थापा हालकी अध्यक्ष हुन् । त्यसअघि उनी उपाध्यक्ष थिइन् । उनले पनि आफूलाई बलियो दावेदारका रूपमा अघि सारिरहेकी थिइन् । स्वतन्त्र विश्लेषकहरूले भने भिडन्त त्रिपक्षीय हुने प्रक्षेपण गरिरहेका छन् ।

एनआरएमा ६ खुल्लासहित ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव ७ सचिव, एक कोषाध्यक्ष, चार संयुक्त कोषाध्यक्षसहितको जम्बो पदाधिकारी टीमको व्यवस्था रहेको छ । ६ खुल्ला उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमा डा. विनोद श्रेष्ठ, अभिमान सिंह बस्नेत, गणेश केसी, डा. हेमराज शर्मा लगायत छन् । एक महासचिवमा बुद्धिसागर सुबेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । दुई उपमहासचिवका लागि ५ जना तथा ६ सचिवका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी छ ।

महाधिवेशनमा आउँदो २ गते नयाँ नेतृत्वको चुनाव हुने छ । पहिलोपटक एनआरएनमा फेसियल भेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ । ५९ देशका चार हजार २२७ जनाले महाधिवेशनमा मतदान गर्नेछन् । एनआरएनएको सञ्जाल अहिले ८६ देशमा विस्तार भइसकेको छ ।

हेर्नुस् मनोनयन पत्र दर्ता गराएकाको पहिलो नामावली सूची

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल