पढ्न करिब 1 मिनेट लाग्छ

कार्तिक २२, काठमाडौँ | उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

उनका अनुसार उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई दूतावास बन्द गर्ने निर्णय भएको सुनाएका हुन् । उत्तर काेरियाकाे याे निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए । उनले उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने आशा राखेकाे बताएका थिए ।

विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापी रूपमा बढ्दै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको बताइएकाे छ ।

नेपालमा उत्तर कोरियाली दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने जनाइएकाे छ ।