Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 10, 2023 प्रवास

विदेशबाट मतदाता नामावली संकलन गर्ने कार्यविधि तयार, श्रम स्वीकृति अनिवार्य

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक २४, काठमाडौँ | निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ ।

तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ ।

आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी छ ।

सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठा छाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।

‘मतदाता नामावली दर्ता गर्ने प्रयोजनको लागि कुटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राख्दा नागरिकको सहज पहुँच, वैविक विवरण लिन उपयुक्त स्थानलाई चयन गर्नु पर्नेछ’ कार्यविधिको बुँदा नम्बर ७ मा छ । यसका लागि सम्बन्धित देशको कुटनीतिक नियोगले आवश्यक समन्वय गर्ने र आवश्यकताका आधारमा घुम्ति शिविर समेत सञ्चालन गर्न सक्ने भनिएको छ ।

साथै, विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने पनि आयोगको कार्यविधिमा उल्लेख छ ।

मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने विदेशमा रहेका नेपाली नागरिकले श्रम स्वीकृति लिएको हुनुपर्ने छ । अनलाइनबाट नाम दर्ता गर्दा वा कूटनीकि नियोगमा पुगेर नाम दर्ता गर्दा सम्बन्धित देशको लागि प्राप्त गरेको प्रवेशाज्ञा वा श्रम स्वीकृति अनिवार्य गरिएको छ ।

अनलाइनबाट नाम दर्ता गर्दा पनि यसको फोटो अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विदेशमा रहेका नेपालीहरुको नामावली संकलनको सम्बन्धमा अनुगमन गर्न केन्द्रीय समन्वय तथा अनुगमन समिति रहने भनिएको छ ।

निर्वाचन आयोगका सचिवको संयोजकत्वमा हुने समितिमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालयका सहसचिव समेत सदस्यका रुपमा रहन्छन् ।

केन्द्रीय समन्वय तथा अनुगमन समितिले विदेशमा रहेका नेपालीहरुको नाम मतदाता नामावलीका दर्ता गर्ने कार्यका लागि सहजीकरण गर्ने छन् ।

दूतावासका कर्मचारीलाई आवश्यक पर्ने तालिमको व्यवस्था गर्ने लगायतका कर्तव्य समेत तय गरिएको छ ।