2026-10-25 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कतारबाट पनि युरोप तस्कर हुँदै नेपाली श्रमिक

कार्तिक २६, काठमाडौँ | पछिल्लो समयमा कतारमा काम गर्ने नेपाली श्रमिकहरू पनि युरोपतर्फ तस्कर हुन थालेका छन्। कतारमा सञ्चालित कन्सल्टेन्सीहरूले सातदेखि १० लाख शुल्क असुल गरी नेपाली श्रमिकलाई युरोप तस्कर गर्न थालेका हुन्। युरोपमा स्थायी बसोवासको सुविधा पाउन सकिने भएपछि लामो समय कतारमा काम गरेका नेपाली श्रमिकहरू त्यता आकर्षित हुन थालेका हुन्। 

कतारमा आप्रवासीलाई स्थायी बसोवासको सुविधा दिएको छैन। त्यसैले कतारमा लामो समय काम गरेका नेपाली युवाहरू पनि स्वदेश फर्कनुभन्दा युरोपियन मुलुकतर्फ जान लालायित हुन थालेको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले बताए। ‘कतार छाडेर युरोप जान चाहने नेपाली श्रमिकको अहिले लर्को नै लागेको छ,’ उनले भने। कतारमा करिब चार लाख संख्यामा नेपाली श्रमिक छन्। जसमध्ये करिब १५ हजार महिला श्रमिकको संख्या छ। अधिकांश नेपाली श्रमिक अदक्ष छन्।

 युरोपको सेवा–सुविधाबाट आकर्षित भएका नेपाली श्रमिकलाई कन्सल्टेसीहरूले विभिन्न प्रलोभन देखाउने गरेको संघका अध्यक्ष भट्टले बताए। यसअघि दलालहरूले दुबईलाई नेपाली युवा युरोप तस्कर गर्ने अड्डा बनाएका थिए। दुबईमा कार्यरत नेपाली श्रमिकलाई युरोप पठाउने तथा नेपालबाट दुबईलाई ट्रान्जिट बनाई युरोप तस्कर गर्ने ठूलै जमात छ। अहिले यो प्रवृत्ति कतारमा पनि फैलिएको उनले बताए। 

युरोप पठाउन कतारमा कन्सल्टेन्सी खुलेका छन्। कतार पुगेका नेपालीलगायत अन्य मुलुकका आप्रवासी व्यवसायीले नै यस्ता खालका कन्सल्टेन्सी सञ्चालन गरेका छन् । कन्सल्टेन्सीमार्फत जाने केही नेपाली श्रमिक युरोप पुग्न सफल भए पनि कतिपयले रकम खाएर भागेको समेत कतारमा कार्यरत युवाहरू बताउँछन्। 

अहिले नेपालबाट पनि युवाहरू युरोप जाने क्रम बढ्दो छ। तर, कतारबाट जाँदा थोरै रकम लाग्ने र प्रक्रिया सहज हुने हुँदा दलालहरू कतारमा नै सक्रिय भएका हुन् । कतारबाट करिब सातदेखि आठ लाख रुपैयाँसम्म खर्चेर दलालहरूले नेपाली युवालाई युरोपका विभिन्न मुलुकमा पठाउने गरेका छन्। विशेष गरी माल्टा, चेक रिपब्लिक, रोमानिया, क्रोएसिया, पोल्यान्ड, पोर्चुगललगायतका मुलुकमा नेपाली युवा तस्कर हुने गरेको पाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने