Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 20, 2023 प्रवास

विपिन जोशी अझै सम्पर्कविहीन, खोजी कार्य जारी : दूतावास

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ४, काठमाडौँ | गत अक्टोबर ७ मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ईजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले आज जारी गरेको विज्ञप्तिमा  किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको उल्लेख छ । ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ दूतावासले भनेको छ ।

यसअघि परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको बताएका थिए । जोशीको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए। इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए ।