2026-10-26 04:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

मङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् ।

पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले जानकारी दिए ।

गैरकानुी हैसियतमा रहेकी उनी करिब ३२ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । टाउकोमा गम्भीर समस्या देखिएपछि उनको अप्रेसन गरिएको थियो । उपचारकै क्रममा उनले छोरी जन्माएकी थिइन् । उनी अझैसम्म बोल्न सक्दिनन् ।सन् २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिले अस्पतालमा पहिलोपटक उनीसँग भेट गरेको थियो । त्यसपछि नेपाली दूतावास कुवेतले उनको उद्धार गर्न निक्कै प्रयास गरेको थियो । नेपाली दूतावासले पनि उनको उद्धारमा सक्रियता देखाएको थियो ।

एनआरएनएको फलोअप र पछिल्लोपटक चितवन सेवा समाजको पहलमा आमा छोरीकै उद्धार गरी नेपाल पठाउन सफल भएको समाजका संरक्षक लोप्चनले बताए । दूतावासका कर्मचारी सिरज महम्मदले बिरामीको उद्धारका लागि सक्रियतापूर्वक समन्वय गरेका थिए ।

उनलाई नेपालसम्म पु-याउन राजु गोले तामाङलाई पनि साथमा पठाइएको समाजले जनाएको छ । उनलाई नेपालमा अमृत सार संगठनको संरक्षणमा राखिने बताइएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढ नभएका छन् । सामान्य अंग्रेजी भाषा बोल्न त परै जाओस् । आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुने हुँदा उनीहरूको उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत हुने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने