2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

मङ्सिर ५, काठमाडौँ | दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् ।

पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले जानकारी दिए ।

गैरकानुी हैसियतमा रहेकी उनी करिब ३२ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । टाउकोमा गम्भीर समस्या देखिएपछि उनको अप्रेसन गरिएको थियो । उपचारकै क्रममा उनले छोरी जन्माएकी थिइन् । उनी अझैसम्म बोल्न सक्दिनन् ।सन् २०२१ को अगस्टमा एनआरएनए कुवेतका प्रतिनिधिले अस्पतालमा पहिलोपटक उनीसँग भेट गरेको थियो । त्यसपछि नेपाली दूतावास कुवेतले उनको उद्धार गर्न निक्कै प्रयास गरेको थियो । नेपाली दूतावासले पनि उनको उद्धारमा सक्रियता देखाएको थियो ।

एनआरएनएको फलोअप र पछिल्लोपटक चितवन सेवा समाजको पहलमा आमा छोरीकै उद्धार गरी नेपाल पठाउन सफल भएको समाजका संरक्षक लोप्चनले बताए । दूतावासका कर्मचारी सिरज महम्मदले बिरामीको उद्धारका लागि सक्रियतापूर्वक समन्वय गरेका थिए ।

उनलाई नेपालसम्म पु-याउन राजु गोले तामाङलाई पनि साथमा पठाइएको समाजले जनाएको छ । उनलाई नेपालमा अमृत सार संगठनको संरक्षणमा राखिने बताइएको छ ।

दलालले पछिल्लो समय भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।

खाडी मुलुकमा घरेलु कामदारका रूपमा जानेहरू अधिकांश साधारण लेखपढ नभएका छन् । सामान्य अंग्रेजी भाषा बोल्न त परै जाओस् । आफूलाई पर्ने समस्या र समस्या परेमा कहाँ कसरी सम्पर्क गर्ने स्थानबारे पनि जानकारी नहुने हुँदा उनीहरूको उद्धारमा थप समस्या हुने गरेको पाइन्छ ।

गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न देशमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत हुने गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल