2026-09-08 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

माल्टा जान गरेको छ लाख लगानी डुबेपछी परिवारले रोक्दारोक्दै रुसी सेनामा पुगेका थिए गंगाराम

मङ्सिर १४, काठमाडौँ | इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्। घरमा उनले दुबईमा राम्रो कमाइ नभएको खबर पनि नगरेका होइनन्। र, रुसी सैनिकमा भर्ना हुने योजना पनि सुनाएका हुन्।

तर, परिवारले उनलाई रुसमा ‘जोखिम’ मोल्न जान सल्लाह दिएन। गंगारामले ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु’ परिवारलाई ‘कन्भिन्स’ गरे।

गंगारामले दुबईमै रहँदा अझ राम्रो कमाइ हुने सोचेर माल्टा जाने प्रयास पनि गरे। तर, यसमा लगानी गरेको छ लाख रुपैयाँ त्यसै डुब्यो। फेरि त्यति नै रकम खर्चेर उनले युक्रेनसँग युद्धरत रुसको सैनिक बनेर जाने निधो गरे।

त्यही अठोटअनुसार गंगाराम करिब दुई महिनाअघिमात्र रुसी सेनामा भर्ना भए। भर्नापछि उनले आफ्ना तस्बिर र सैनिक तालिमको भिडियो क्लिप्ससमेत इमोमार्फत् घर पठाएका थिए।

‘त्यहाँ मासिक एक लाख ९५ हजार रुबल हुन्छ भन्नुभएको थियो तर तलब लिनुभएको थिएन,’ गंगारामकि पत्नी याङ्गिलाले भनिन्, ‘घर–परिवारका सबैको जन्म दर्ता, नागरिकतालगायत कागजसमेत लानुभएको थियो। ती कागज दुईमा हुँदाको उहाँकै कोही नेपाली साथीसँग छ भन्ने सुनेकी छु तर चिनेकी छैन ।’ 

गंगारामले करिब दुई हजार नेपाली युवा आफूजस्तै रुसी सेनामा जाँदै गरेको पनि आफ्नो परिवारलाई सुनाएका थिए । तर, याङ्किलाले उनीहरू कसैलाई चिनेकी छैनन् । भन्छिन्, ‘ती महत्त्वपूर्ण कागजात जोसँग छ, उहाँ पनि सम्पर्कमा आउनुहुन्छ भन्ने विश्वास छ।’

तिनै गंगाराम युक्रेनसँगको युद्धमा  मारिए। मोक्तानको १५ नोभेम्बर २०२३ मा मृत्यु भएको खबर दूतावासले २४ नोभेम्बर २०२३ मा पुष्टि गर्‍यो। दूतावासले रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको जनाएको छ। 

७० वर्षे कृष्णबहादुर मोक्तान र ६२ बर्सिया सन्तमायाका तीन छोरामध्ये गंगाराम कान्छा हुन्। जेठा छोरा आठ वर्ष उमेरमै परलोक भए। माहिला पनि वैदेशिक रोजगारीका लागि पाँच वर्षयता कोरियामा छन्।

याङ्गिलाले पति गंगारामको शव घर ल्याउने पहलका लागि सबैसँग आग्रह गरेकी छिन्। कृष्णबहादुरले सास नभएपनि छोराको मुख हेर्ने धोको आफूसँग रहेको सुनाए। वडा ९ का वडाध्यक्ष गोपाल चौहानले गंगारामको शव घर ल्याउन वडाले सकेसम्म पहल गरिरहेको बताए। ‘गंगारामको शव ल्याउन हामी सबै हिसाबले प्रयत्नरत छौँ,’ उनले भने, ‘स्थानीय सरकारले गर्न सक्ने जति प्रयास गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल