मलेसियामा नेपालीबाट नेपालीकै हत्या, पक्राउ गरेर काठमाडौंमा चलाइयो मुद्दा

साझासवाल
1 Min Read

पुस २, काठमाडौँ | मलेसियामा भएको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ५ बस्ने २४ वर्षीय अनिलकुमार साह छन्।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका झापा, शिवसताक्षी नगरपालिका- ३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरी नेपाल आएको भन्ने सूचनाको आधारमा साहलाई बहिक्षेत्रीय अधिकार प्रयोग गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रधान र साह विगत एक वर्षदेखि मलेसियास्थित एउटै कम्पनीमा काम गर्थे। साहले प्रधानको यही मंसिर २५ गते हत्या गरी नेपालतर्फ हिँडेको भन्ने सूचनाको आधारमा प्रहरीले मंसिर ३० गते एयरपोर्टबाट उनलाई पक्राउ गरेको थियो।

मृतक साहकी श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली दूतावाससँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share This Article
Leave a Comment

Leave a Reply