१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दुबईमा ८३ जनासँग २ करोड ६३ लाख ठगि फरार उपाध्यायलाई अदालतमा बुझायो

२ पुष २०८०, सोमबार ०९:२१

पुस २, काठमाडौँ | प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब दिने रोजगारीको प्रलोभन देखाई २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गरेर फरार रहेका थिए ।

उनलाई खोज्‍न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा  उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो ।

रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार