2026-09-08 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दुबईमा ८३ जनासँग २ करोड ६३ लाख ठगि फरार उपाध्यायलाई अदालतमा बुझायो

पुस २, काठमाडौँ | प्रहरीले ठगी मुद्दाका फरार अभियुक्त कोमलराज उपाध्यायलाई अदालतमा बुझाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले इन्टरपोलको समन्वयमा पक्राउ गरेको उनलाई सोमबार कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

उपाध्यायले त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रालि खोलेर श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब दिने रोजगारीको प्रलोभन देखाई २ करोड ६३ लाख ५४ हजार ६१० रुपैयाँ ठगी गरेर फरार रहेका थिए ।

उनलाई खोज्‍न सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा  उपाध्यायलाई यूएईबाट पक्राउ गरेर मंसिर ३० गते नेपाल ल्याइएको थियो ।

रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले समन्वय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल