Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 20, 2023 प्रवास

तीन महिनाअघि कुवेत गएका काभ्रेका कृष्ण तामाङको कुवेतमा मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पुष ४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो।

राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए।

आर्थिक अवस्था निकै कमजोर भएका तामाङको शव नेपाल ल्याउन समस्या परेको छ। मृतक तामाङको परिवारले खर्च गरेर शव ल्याउन सक्ने स्थिति नभएकोले सहयोगका लागि सबैसँग अनुरोध गरिएको पनौती नगरपालिका- २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए।

‘कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। त्यसैले शव ल्याउनका लागि पहल गरिदिन विभिन्न निकायलाई अनुरोध गरेका छौं,’ वडाध्यक्ष अधिकारीले भने।

शव ल्याउन तथा उनले पाउनु पर्ने इन्स्युरेन्स लगायतका सुविधा दिलाउने पहलका लागि वैदेशिक रोजगार उद्धार संघलाई समेत अनुरोध गरिएको उनले जानकारी दिए।

डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ।