१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रिस्क नलिएसम्म प्रगति हुँदैन भन्दै रुसी सेनामा भर्ती भएकाे दुई महिनामै मारिए २३ वर्षीय हरि

१९ पुष २०८०, बिहीबार ०७:०१

पुस १८, काठमाडौँ | रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको मृत्यु भएको छ।  परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अर्यालको मृत्युबारे मंगलबार (पुष १७) गते मात्र वालिङ नगरपालिका १४ का अध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो। 

नेपाली सेनामा भर्ती भएका झण्डै ३ वर्षपछि राजीनामा दिएर उनी दुबई गएको पारिवारिक स्रोतले जनाएको छ। दुबईबाटै कात्तिक ३ मा उनी रुस पुगे लगत्तै पाँचौं दिनमा रुसी सेनामा भर्ती भए।

रुसी सेनामा भर्ती भएका अर्यालले डिसेम्बर ४ मा आफ्नो सामाजिक सञ्जालमा ‘यस्तै छ जिन्दगी बाँचे भेट, मरे त त्यत्तिकै’ लेखेर भिडियो पोस्ट गरेका थिए । उनकाे भिडियोबाट युद्धमा जान लागेको अनुमान लगाउन सकिन्थ्यो ।


त्यसपछि उनीसँग परिवारको सम्पर्क भएन । ‘डिसेम्बर ४ मा युद्धमा जान लागेको भिडियो आएको थियो । त्यति बेलासम्म हाम्रो कुराकानी पनि हुन्थ्यो । त्यसपछि कुरा भएको थिएन,’ अर्यालका आफन्त बन्द्री अर्यालले भने ।

युद्धमा जान लागेको भिडिओ राखेर सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरू आत्तिए । धेरैले हरिप्रसादको युद्धमा मृत्यु भएको अनुमान गरेका थिए ।

तन्नेरी उमेरमा नेपाली सेनामा भर्ती भएका हरिप्रसादले ३ वर्ष नपुग्दै सेनाको जागिर छोडेका थिए ।

बन्द्रीले भने, ‘सानै उमेरमा जागिर खायो । साथीहरू अमेरिका अष्ट्रेलिया गए । सेनाको कमाइले केही हुँदैन भनेर ३ वर्ष नपुग्दै जागिर छाड्यो ।’

बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेका उनी भिसा नलागेपछि रन्थनिएका थिए । त्यसपछि उनले साउथ अफ्रिकादेखि कम्बोमा सुरक्षा गार्डमा जाने प्रयास गरेका थिए ।

धेरै ठाउँ धाइसकेका हरिप्रसादलाई रुस जाने अफर आयो । अरू ठाउँभन्दा छिटो हुने भनेपछि उनले रुस जाने तयारी गरे । गत कात्तिक ३ गते उनी एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस गएका थिए ।

‘एजेन्टमार्फत दुबई हुँदै रुस गएको हो । ठ्याक्कै कति लाग्यो त भनेन । तर, ७ लाख यहाँ बुझाएको र रुस गएपछि सेनाको क्याम्पभित्र छिर्न १५ सय डलर बुझाएको भनेको थियो,’ अर्यालले भने ।

अर्यालका अनुसार हरिप्रसाद गएको ५ दिनमै रुसी सेनामा भर्ती भएका थिए । लगत्तै उनले आर्मीको पोसाक लगाएको तस्बिर सेयर गरेका थिए ।

‘मेडिकलमा फिट भए भर्ती गरिहाल्ने रैछ । अझ सेनाको जागिर छोडेको उसलाई भर्ती हुन सजिलो पनि भयो । हप्ता १० दिन तालिम भयो । त्यसपछि युद्धमा खटाएको थियो,’ उनले भने, ‘हामीले यति बेला खतरा छ, नजाऊ भन्दाभन्दै गयो । उ रिस्क नलिएसम्म प्रगति हुँदैन भन्थ्यो ।’

यसअघि स्याङ्जा पुतली बजार नगरपालिका-५ का प्रितम कार्कीको पनि रुस-युक्रेनको युद्धमा मृत्यु भएको थियो । कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो रोजेका थिए । उनकाे असामयिक मृत्युकाे खबरले गाउँ नै शाेकाकुल बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार