२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रुसी सेनामा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक, कति पाउछन् क्षतिपूर्ति?

२०८०, ८ माघ सोमबार ०७:५६

माघ ८, काठमाडौं | रुस आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन सकारात्मक देखिएको छ। मस्कोस्थित नेपाली दूतावासले समन्वय गर्दा रुस सरकारका प्रतिनिधिहरू आफ्नो कानुनअनुसार सबै मृतकका परिवारलाई क्षतिपूर्ति दिन सकारात्मक देखिएका हुन्।

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले रुस सरकारका तर्फबाट क्षतिपूर्तिको प्रतिबद्धता आएको जनाएको हो। उक्त विभागले विदेशमा रहेका नेपालीका हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्छ।


‘रुस–युक्रेन युद्धमा नेपाली नागरिक मारिन लागेको सुनिएदेखि नै यताबाट विभाग र उता मस्कोस्थित दूतावासबाट राहत, उद्धार र क्षतिपूर्तिका लागि पहल भइरहेको छ,’ कन्सुलर सेवा विभागका एक अधिकारीले भने, ‘पछिल्लो पटकको कुराकानीमा रुसले आफ्नो नियमकानुनअनुसारको क्षतिपूर्ति दिन्छौं भनेर प्रतिबद्धता जनाएको छ।’

त्यसो त रुस सरकारले भर्ना गर्दा नै आफ्नो सेनामा भर्ना भएर ज्यान गुमाएका विदेशी नागरिकलाई क्षतिपूर्ति दिने कानुन बनाएको थियो। ‘हाम्रा नागरिक अवैध बाटोबाट गएकाले त्यसबाट आश्वस्त हुने अवस्था थिएन। अहिले अब नेपाल सरकारकै प्रतिनिधिसँग सहमति जनाएपछि क्षतिपूर्ति पाइनेमा आशा जागेको छ,’ स्रोतले भन्यो।

रुस सरकारले मृतक सैनिक परिवारलाई ५ मिलियन रुबल (५० लाख) दिने कानुन बनाएको छ। एक रुबलको नेपाली रूपैयाँसँगको पछिल्लो विनियम दर एक रूपैयाँ ५० पैसा हुन्छ। जसअनुसार नेपाली परिवारले कम्तीमा ७५ लाख नेपाली रूपैयाँका दरले क्षतिपूर्ति पाउने सम्भावना छ। ‘यसबाहेक केही बिमा भए त्योभन्दा बढी पनि मृतकका परिवारले पाउन सक्छन्,’ विभाग स्रोतले भन्यो।

रुस सरकारले क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि भुक्तानी प्रक्रिया र भुक्तानी हुने रकम नेपाल ल्याउने प्रक्रियामा भने अन्योल रहेको कन्सुलर सेवा विभागले जनाएको छ। ‘विदेशमा मर्ने-मारिने नेपाली नागरिकको हकमा क्षतिपूर्तिदाताले आफ्नो देशमा भएको नेपाली दूतावासलाई दिने र दूतावासले कन्सुलर सेवा विभागमा पठाएर यहाँबाट जिल्ला प्रशासन कार्यालयमार्फत पीडित परिवारलाई दिने अभ्यास छ,’ विभाग स्रोतले भन्यो, ‘रुसको हकमा पनि यही भुक्तानी प्रक्रियामा हाम्रो प्रस्ताव छ।’

रुस सरकारले हालसम्म युक्रेनसँगको युद्धमा आफ्नो सेनामा रहेका १० नेपाली नागरिक मारिएको आधिकारिक जानकारी दिएको छ। त्यसबाहेक पनि थप केही मारिएको सूचना मृतकका आफन्तले दिइरहेका छन्। रुसी उपविदेशमन्त्री सर्गेई वार्सिनिनले परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा पनि मृतकका परिवारलाई क्षतिपूर्तिको आश्वासन दिएका थिए।

गत शुक्रबार युगान्डामा सम्पन्न असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनको मौकामा जुरेको भेटमा परराष्ट्रमन्त्री साउदले वार्सिनिनसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा वार्सिनिनले आफूसँग कानुनअनुसारको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री साउदले बताए। क्षतिपूर्ति दिन सकारात्मक रहे पनि रुस सरकारले मृतकका शव दिन नसकिने संकेत गरेको नेपाली कूटनीतिक अधिकारीहरू बताउँछन्। ‘हामीले लगातार मृतकका शवसहित क्षतिपूर्तिकै विषयमा छलफल गरिरहेको छौं।

तर रुस सरकारले शवका विषयमा खासै खुलेर कुरा नगरेको पाइएको छ,’ कन्सुलर सेवा विभागका ती अधिकारी भन्छन्, ‘उनीहरूले मृतकलाई राजकीय सम्मानसहित त्यहीँ अन्त्येष्टि गर्ने गरेका रहेछन्। त्यही प्रक्रियालाई निरन्तरता दिने उनीहरूको कुरा रहेको बुझिएको छ।’

नेपाल सरकारले भने शवसहित क्षतिपूर्ति दिन रुस सरकारलाई आग्रह गरिरहेको छ। शुक्रबारको भेटमा पनि परराष्ट्रमन्त्री साउदले उपविदेशमन्त्री वार्सिनिनसँग भेटेरै आफ्ना नागरिक सेनामा भर्ती नलिन, भर्ती भइसकेकालाई फिर्ता गर्न र मृतकका परिवारलाई शवसहित क्षतिपूर्ति दिन माग गरेका थिए। सो भेटमा परराष्ट्रमन्त्री साउदले भारत र बेलायतबाहेक अन्य सेनामा नेपाली नागरिक नपठाउने नेपालको नीति रहेको प्रस्ट्याएका थिए।  

रुसी सेनामा हालसम्म करिब ८०० देखि १ हजार नेपाली नागरिक भर्ती भइसकेको परराष्ट्र मन्त्रालय र मातहतका निकायको अनुमान छ। तर त्योभन्दा धेरै व्यक्ति पनि हुन सक्ने जानकारहरू बताउँछन्। रुसी सेनामा ठुलो संख्यामा नेपाली नागरिक भर्ती भइरहेको र हताहती भइरहेको खबर आइरहेका बेला परराष्ट्रमन्त्री साउद समस्या समाधानका लागि आफैं रुस जाने तयारीमा जुटेका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री साउद १५ दिनदेखि महिना दिनभित्र रुस जाने तयारीमा छन्।

रुस नेपालको असल परम्परागत मित्र भएकाले यो समस्या समाधान हुने पनि उहाँको विश्वास छ। यसैले आफैं रुस पुगेर पहल गर्ने उहाँको योजना छ,’ सचिवालयका एक सदस्यले भने।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी