Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 26, 2024 प्रवास

लण्डनमा एक नेपाली युवा मृत फेला

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, काठमाडौं | लण्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ।

बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत तामाङको शव भेटिएको जानकारी गराएको र उनको पहिचानका लागि सघाउन आग्रह गरेको जानकारी दिएको नेपाली दूतावासले जनाएको छ।

२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी प्राप्त नभएको दुतवासले जनाएको हो।

आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाएको छ। उनको मृत्‍युको कारणबारे पनि केही खुलेको छैन। तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको छ।

मृतक सन्दीप तामाङलाई चिन्ने वा उनीसम्बन्धि कुनै जानकारी हुनेहरुलाई लन्डन हेज् प्रहरी वा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

मृतकको विषयमाअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै बिच गैरआवासीय नेपाली संघ एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहा मगरले पनि मृतकको आफन्तलाई सम्पर्कमा आउन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन्।