पढ्न करिब 2 मिनेट लाग्छ

माघ १९, काठमाडौँ | दुबईको अबुधाबीमा यहि फेब्रुअरी १५ मा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो ।

उक्त मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ ।

रोजगार मेलाका फाइदा

यूएई सरकारको भावी रणनीति र प्राथमिकताका क्षेत्रबारे जानकारी हुने ।

यूएईमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताहरुमार्फत तालिम प्रदायक संस्थामा लगानी भई नेपालको श्रम बजारमा प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न सहजीकरण हुने ।

दुबै सरकारबीच मानव स्रोत आपूर्ति सम्बन्धमा संलग्न निकायबीच अनुभव आदानप्रदान गरिने ।

यूएई सरकारलाई कुन कुन क्षेत्रमा कति संख्यामा कस्तो सीप, क्षमता र अनुभव भएका श्रमिक आवश्यक छ भन्ने प्राथमिक रुपमा जानकारी प्राप्त हुने हुँदा आगामी दिनमा तदनुरुपको जनशक्ति उत्पादन गर्न नेपाल सरकारलाई पृष्ठपोषण प्राप्त हुने ।

सीपयुक्त र क्षमतावान श्रमिक आपूर्ति गर्न सकेमा श्रमिकको मनोबल उच्च रहने, मानसिक तनाव कम हुने । नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पर्ने ।

नेपाली कला, संस्कृति र घरेलु उत्पादनको बारेमा यूएईका नागरिकलाई जानकारी प्राप्त भई पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने ।

मेलाबाट नेपाली नयाँ जब स्कील भएकाहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने ।