2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ

माघ २१, काठमाडौँ | मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ परेका छन्।

विभिन्न कारण मलेसियामा अवैधानिक भएर काम गरिरहेका उनीहरूलाई अध्यागमन विभागले छापा मारेर पक्राउ गरेको पत्रिका ‘द स्टार’ले जनाएको छ। मलेसियाको सेरी केम्बंगनमा रहेको सेलेंगर होलसेल मार्केटमा प्रहरीले शनिबार छापा मारेको थियो। उनीहरूलाई चारैतिरबाट घेरा हालेर पक्राउ गरिएको हो। प्रहरीबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।

बिहान ३ देखि ६ बजेसम्म चलेको अपरेसनमा सहभागी अध्यागमन विभागका निर्देशक खैरुल अमिनसले पत्रकार सम्मेलन गर्दै २६ महिलासहित ५३० जना आप्रवासी श्रमिक पक्राउ परेका बताएका छन्। पक्राउ पर्नेहरूमा नेपालका १५ जनासहित म्यानमारका २७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, श्रीलंकाका ९ जना, पाकिस्तानका ६ जना र भियतनामका १ जना रहेका छन्।

उनीहरूको कागजातहरू थप जाँच भइरहेको उनले बताएका छन्। खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेको वैध कागजात छ कि छैन भनी जाँच गरिनेछ। त्यसपछि उनीहरूलाई देश निकाला (डिपोर्ट) गर्ने कि जरिबाना गर्ने भन्नेबारे निर्णय हुनेछ। 

यसैबीच, सुबाङजयाका मेयर दातुक मोहम्मद फौजी मोहम्मद यतिमले नगर परिषदले स्थानीयलाई दिइएका १० वटा व्यावसायिक लाइसेन्स विदेशीलाई बेचेको पत्ता लागेको बताएका छन्। उनीहरूमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो