२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

६ महिनादेखि जोर्डनको जेलमा रहेका सुरज जेलमुक्त

२०८०, २७ फाल्गुन आईतवार ०९:१५

फागुन २७, काठमाडौँ | विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारी अन्ततः जेलमुक्त भएका छन् ।

सुरज युएईमा ट्रक चालकको रुपमा काम गर्दै आएकोमा सिरिया पुगेर फर्किनेक्रममा जोर्डनमा पक्राउ परेका थिए । सुरजकी श्रीमती सरस्वतीले युएईमा ट्रक चलाउने काम गर्दै आएका आफ्ना श्रीमान्लाई ट्रक मालिकले नै फसाएर ट्रकमा अवैध सामान राखिदिएको र जोर्डनको प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएर जेलमा राखेको बताउनुभयो । उनी निर्दोष रहेको भन्दै उनलाई छुटाउन नेपालमा आर्थिक सहयोग संकलन अभियानको पहल गरिएको थियो । 

सुरजलाई जेलबाट छुटाउन पहल गर्दै आउनुभएका समाजसेवी डोलराज भण्डारीले नेपाल सरकार परराष्ट्र मन्त्रालयको पहलमा सुरजलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो । उहाँले सुरजलाई छुटाउन प्रधानमन्त्रीको कार्यालयबाट परराष्ट्र मन्त्रालयलाई छिटो पहल गर्न निर्देशन दिनुका साथै नेपाली दुताबासबाट समेत दवाव दिएपछि सुरजलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो ।


सुरजलाई जेलमुक्त गराउन करिव ३५ लाख रुपियाँ खर्च हुने भनिएपनि परराष्ट्र मन्त्रालयले पहल गरेपछि उनको परिवारले १२ लाख नेपाली रुपियाँ बुझाएको उनकी श्रीमती सरस्वतीले बताउनुभयो । सुरजको सम्पत्तिको नाममा एउटा घरमात्र रहेकोले उनको रिहाईका लागि सहयोग अभियान चलाइएको थियो । 

अभियान अन्तर्गत सङ्कलित रकमले नै सुरज अन्ततः जेलमुक्त भएका छन् । सुरज जेलमुक्त भएपछि अहिले जोर्डनमै रहेको र केही दिनभित्रै नेपाल आउने तयारीमा रहेको समाजसेवी भण्डारीले जानकारी दिनुभयो । 

त्यसअघि सुरजलाई जेल मुक्त गराउन रुपन्देहीको सैनामैनाबाट सुरज छुटाउ अभियान थालिएको थियो । सुरजको गृह नगर सैनामैनाका युवाहरुको संस्था कलौनी ब्रदर्श फर सोसाईटीले सुरज बचाउ अभियान सुरु गरेको थियो । 

सैनामैना वडा नं. ६ का समाजसेवी युवा प्रेम थापाले सुरज बचाउ अभियानमा सबैले आर्थिक रुपमा सहयोग गरेको कारण उनलाई जेलमुक्त गराउन सफल भएको बताउनुभयो। उहाँले सुरजको परिवारसँग पैसा नभएकै कारण आफूहरुले सहयोग अभियान सुरु गरेर पैसा पठाउन सफल भएको बताउनुभयो । 

कलौनी ब्रदर्शका सदस्य प्रसन्न पन्तले सुरजलाई जस्तो समस्या भोलीको दिनमा जसलाई पनि पर्न सक्ने भएकोले सुरजलाई जेलबाट छुटाएर नेपाल ल्याउन आफूहरुले सहयोग संकलन अभियान चलाएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ