पढ्न करिब 2 मिनेट लाग्छ

चैत २८, काठमाडौँ । भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके बाहेक बर्दियाका पनि २ जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको हो। योसँगै उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले बर्दिया जिल्ला बबई चेपाङका ६० वर्षिय तोकबहादुर र उचाकोट बेतालघाटका ४० वर्षका रमेश चन्दको मृत्यु भएको छ।

दुर्घटनामा परेर बैजनाथ–८ थपुवाका ३६ वर्षिय दशरथ थारु घाइते छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मङ्गलवार उत्तराखण्डको नैनीतालमा जिप दुर्घटना हुँदा बाँकेको बैजनाथ गाउँपालिका–८ का मात्रै ७ जनाको मृत्यु भएको छ। जसमा एकै घरका दम्पत्तीसहित ७ जना रहेका छन्।

बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुर निवासी दम्पत्ती ४६ वर्षिय रामधिराज थारु र उनकी श्रीमति ४५ वर्षिया ‘शान्ति’ भनिने लौटी थारु, सोही वडाको शान्ति टोली निवासी ५६ वर्षिय उदयराम थारु, ५८ वर्षका विश्राम थारु, थपुवा गाउँका ‘आइतराम’ भनिने ४२ वर्षिय अटराम थारु, ४२ वर्षकै विनोदकुमार थारु र रिहारपुर गाउँका ५१ वर्षिय तिलकराम थारु रहेका छन्।

कामका लागि भारत गएका उनीहरू चैते दसैँ र नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।