2026-09-08 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कतारमा २५ जना महिलासमेत ५५ जना नेपाली कामदार अलपत्र

चैत २८, काठमाडौँ । कतारको इमदाद क्यु अलक्युविदा कम्पनीमा गएका कम्तीमा ५५ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई कम्पनीले ५ महिनादेखि तलब दिइएको छैन । कम्पनीले कामदारहरूलाई खानासमेत दिन छाडेको छ ।

अल नासेर ओभरसिज म्यानपावर कम्पनीले पठाएका कामदार अलपत्र परेका हुन् । उनीहरूलाई अल नासेर म्यानपावर कम्पनीले दुईदेखि तीन लाख रुपैयाँ लिएर कतार पठाएका थिए । म्यानपावर कम्पनीले कामदारको समस्या समाधान गर्न चासो दिएको छैन । अलपत्र पर्ने कामदारहरूमा २५ जना महिलासमेत रहेका छन्। 

 अक्टोबर १५ मा कतार पुगेकी पार्वती कुँवरले कम्पनीलाई तलब माग्दा उल्टो डरत्रास देखाइएको बताइन् । ‘तलब माग्दा भोलि भन्दाभन्दा ६ महिना पुर्‍यायो । पैसा माग्दा कामदारविरुद्ध उजुरी गर्छु भनेर उल्टो हामीलाई धम्काउँछ । प्रहरी लगाइदिन्छौं भन्छ । धेरै समय दिँदा पनि वास्ता गरेन,’ उनले भनिन्,‘यहाँ आफन्त हुनेलाई जसोतसो सजिलो छ । खानाका लागि पैसा खोज्न सक्छन् । आफन्त नहुनेको हरिबिजोग छ ।’ उनले अक्टोबर १६ देखि अप्रिल १ तारिखसम्म अलविदा पार्कमा क्लिनरको काम गर्दा १२ सय ३१ रियाल मात्रै तलब पाएकी बताइन् । ‘कसैले त यो पनि पाएको छैन । पैसा हातमा दिन्छ, हस्ताक्षर गराउँछ । बैंकबाट दिँदैन । पहिला आउँदा दुई सय दियो । त्यसमा काम गर्दै गयो । फेरि दुई सय दियो । आधा महिनाको ६ सय दियो,’ उनले भनिन्,‘त्यो पैसा घर पठाएनौं ।’

जाजरकोटका कृष्ण विकले कम्पनीले गैरकानुनी हैसियतमा काममा पठाउँदै आएको बताए । उनी अल नासेर म्यानपावरलाई २ लाख ३० हजार रुपैयाँ तिरेर वेटरको काम गर्न गत नोभेम्बर १० तारिखमा कतार पुगेका थिए । ‘अहिलेसम्म न कतारी आवासीय परिचयपत्र (आईडी) लगाइदिएको छ । आईडी कार्ड नभए अस्पताल जान पाइँदैन । न बैंकको एटीएम दिएको छ । न तलब दिएको छ । खानासमेत दिइएको छैन,’ उनले भने,‘एक जना सहयोगीले दाल र चामल दिएको थियो । त्यो पनि बेलुका सकियो । हामी साह्रै समस्यामा छौं ।’

कम्पनीले कामदारको अवस्थाबारे चासो दिएको छैन । तलब नपाएपछि उनीहरूले अप्रिल १ देखि काम गर्न छाडेका छन् । ‘हामीसँग खाना पनि छैन । अरु मान्छेसँग भिख मागेको जस्तो भयो । हामीलाई खाना पनि नदिएपछि काम गर्न नसकेको हो । तलब दिए हामी ड्युटी जान्छु,’ सल्यानका भरत योगीले भने । ५ महिनाको अवधिमा एक महिनाको तलब मात्रै पाएको उनीहरूले बताएका छन् ।

पटक–पटक आफ्ना समस्या सुनाउँदा म्यानपावरले हेलचेक्य्राइँ गर्दै आएको उनीहरूको आरोप छ । श्रमिकहरूले समस्या समाधान गर्न नेपाली दूतावास र कतारको श्रम अदालतमा गएर उजुरी दर्ता गरेका छन् । कतारका श्रम काउन्सिलर टिकामणि न्यौपानेले समस्या समाधान गर्नका लागि रोजगारदाता कम्पनी र पठाउने म्यानपावरबीच दूतावासले पहल गरिरहेको बताए । ‘यो विषय दूतावासमा आएको एक हप्ता मात्रै भयो । जब हामीले थाहा पायौँ, म्यानपावर र कम्पनीलाई भनिसकेको छौं । कम्पनीले १५ दिनभित्र समस्या समाधान गर्छु भनेको छ । यो विषयमा म्यानपावर जति गम्भीर हुनुपर्ने हो, त्यो देखिएन,’ न्यौपानेले भने । यो म्यानपावरका सञ्चालक रौतहटका दिनेशकुमार राय हुन् । त्यस कम्पनीमा दुई वर्षदेखि कार्यरत कामदारको पनि आईडी लगाइदिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो