२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अष्ट्रेलियामा कारको ठक्करबाट नेपालीको मृत्यु

२०८१, १७ असार सोमबार ०७:४८

असार १७, सिडनी । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । आफ्नो छोरीको २५औँ विवाह वार्षिकोत्सवमा भाग लिन गएका ७९ वर्षीय वृद्धको आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो । उनको नाम र नेपालको ठेगाना भने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले सो घटनाका बारेमा जानकारी दिएर मदत गर्न सर्वसाधारणलाई अपील गरेका छन् । 


प्रहरीले त्यहाँ रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ । आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा आइतबार राति ११.४५मा पुगेको थियो । स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।

विचलित अवस्थामा भएकी उनकी छोरीले बाबुलाई मदत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन् । हिट एन्ड रनमा संलग्न रहेको कारको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा