२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

फाँसीबाट जोगिए पाँचवर्षदेखि साउदी जेलमा रहेका रामआशिष, करिब एक महिनापछि घर फर्किने

२०८१, २६ असार बुधबार १२:१७

असार २६, काठमाडौँ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको पहलमा साउदी अरबमा फाँसीको सजाय कुरेका रामआशिष यादवले उन्मुक्ति पाउने भएका छन् ।

रामआशिषले सँगै एउटै कोठामा बस्ने रुपन्देहीको कञ्चन गाउँपालिका- ४ का दुर्गाप्रसाद शर्मालाई विवादको क्रममा छुरा प्रहार गरेका थिए । दुर्गाप्रसादको घटनास्थलमै मृत्यु भएको थियो । सोही हत्यामा रामआशिषलाई ५ वर्षको जेल सजाय तोकियो । ५ वर्षपछि दुवै जनाको परिवारको बीचमा ब्लड मनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसीमा जाने अदालतको फैसला थियो ।

अदालतले फैसला गरेको पाँच वर्ष केही महिनामा पुग्दै थियो। तर अदालतको समयभित्रै मृतकका परिवारलाई ब्लडमनी बुझ्न सहमत गराउनुको साथै ब्लडमनी वापत ४६ लाख २५ हजार रुपैयाँ संकलन गरी बुझाएपछि रामआशिष यादवको मृत्युदण्ड मिनाहा हुने भएको छ।


घटनाक्रम अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादवका तीन छोरी, आमा–बुबासहित ६ जनाको परिवार थियो । घर चलाउन गाह्रो भएको भन्दै रामअशिष २९७४ मा साउदी अरब पुगे । उनीसँगै रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा पनि साउदी अरब गएका थिए ।

उनीहरूले खाने, रमाउने थलो पनि एउटै थियो । २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै बेला उनीहरुबीच सामान्य विवाद भयो । त्यस क्रममा रामआशिषले दुर्गालाई छुरा हाने । दुर्गाको घटनास्थलमै ज्यान गयो ।

हत्या अभियोगमा रामआशिष पक्राउ परे । साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को २० डिसेम्बरमा राम आशिषलाई ५ वर्ष कैद सजायको फैसला गर्यो‍ । ५ वर्षपछि दुवै जनाको परिवार बीच ब्लडमनीमा सम्झौता नभए फाँसी दिने फैसला आयो ।

यो खबरले दुवै जनाको घरपरिवारमा बज्रपात भयो । एक जनाको ज्यान गयो । कमाउन विदेश गएका दुर्गा मारिए । रामआशिष पनि जेल परे । अझ पाँचवर्षपछि त उनलाई पनि मृत्यूदण्ड हुँदै थियो । विपन्न आर्थिक अवस्थाको कारण रामआशिषकी श्रीमती रेनुकुमारीले बल्लतल्ल तीन छोरीसहित गुजारा गर्दै आइरहेकी छन् । विपन्नताको कारण छोरीसमेत पढाइबाट वञ्चित छन् ।

अब भने साउदीमा फाँसीको सजाय सुनाइएका रामआशिषको परिवारले पीडित पक्षसँग मिलापत्र गरेका छन् । पाँचवर्षदेखि जेलमा रहेका उनी घर फर्किने भएका छन् । पीडित पक्ष दुर्गाको परिवारले ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो ।

सम्पत्तिको नाममा झन्डै एक कठ्ठा मात्र घरघडेरी रहेको रामआशिषको परिवारलाई ब्लडमनीवापत् ५० लाख रुपैयाँ जुटाउनु असम्भव जस्तै थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नै ब्लड मनी संकलन गर्दै मृतकका परिवारसँग मिलापत्र गराउने अभियानको सुरु गरेका थिए । उनकै रोहबरमा दुर्गाकी श्रीमती सीतालाई हस्तान्तरण गरिएको छ ।

दुवै पक्षबीच सहमति भएसँगै रामआशिषले मृत्युदण्डबाट छुटकारा पाउने निश्चित भएको प्रजिअ अर्यालले बताए । ब्लडमनी पाएपछि रामआशिष र मृतक दुर्गाप्रसादको परिवारबीच भएको सम्झौताको कागजात कन्सुलर विभागमा पुग्नेछ । त्यहाँबाट साउदी पठाइने छ । त्यसपछि अदालतमा पुगेपछि रामआशिषले छुटकारा पाउनेछन् ।

आशा मारिसकेका पतिलाई रुपन्देहीका प्रजिअ र व्यवसायीले जीवनदान दिन पहल गरेको भन्दै रामआशिषकी श्रीमती रेनुकाले पनि खुसीका आँसु झारिन् । उनले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भनिन्, ‘‘मेरो श्रीमान् फाँसीको सजायबाट उम्कन सक्ने थिएनन् । हाम्रो परिवारको लागि सिडिओ साब भगवान् हो ।’’

सबै प्रक्रिया छिटो भएमा करिब एक महिनापछि रामआशिष घर फर्किनेछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सकृयतामा करिब ३० जना उद्योगी ब्यावसायीको सहयोगमा रकम संकलन गरेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु