पढ्न करिब 1 मिनेट लाग्छ

साउन १४, काठमाडौँ | अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो । उनी रुकुम बाफीकोटका स्थानीय हुन् ।

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ । हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो ।

अधिकारीहरुका अनुसार घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ । अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

गत वर्ष अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका एक नेपालीको गोली हानी हत्या भएको थियो ।