2026-10-25 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

ममता काफ्ले बेपत्ता प्रकरण : अझै भेटिएको छैन ठोस प्रमाण, के भन्छ प्रहरी ?

भदौ १२, काठमाडौं । ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको अभियोग लगाइएको थियो । उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् ।

तर, नरेशले हत्याको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ । अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् ।

मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् । उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताए ।

मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । “भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन,” उनले भनेका छन् ।

यसअघि, मंगलबार अदालतका सुनुवाइका क्रममा महेशले ममता बेपत्ता हुनु केही महिना अगाडि ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ’ भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा ‘श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ’ भनेर खोजेको पाइएको जनाइएको छ ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् ।

गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए । अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो/होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने