२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा मुना पाण्डेको हत्या: प्रहरीले पक्राउ गर्‍यो सिसीटिभीमा देखिएको पुरूषलाई

२०८१, १३ भाद्र बिहीबार ०७:१८

भदौ १३, काठमाडौं । अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई पक्राउ गरेको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर जारी गरेका थिए । तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ स्पष्ट छैन ।

दुई दिन अघि दक्षिण पश्चिम ह्युष्टनको अपार्टमेन्टमा मुना मृत भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो । सोही अपार्टमेन्टबाट बाहिरिइरहेको अवस्थामा ती पुरुषको तस्बिर सर्भिलेन्स क्यामरामा कैद भएको थियो । 

ती पुरुषको पहिचान खुल्न सकेको छैन । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा