३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

हजुरआमाको काखमा पुगिन् ममता काफ्लेकी छोरी, नेपाली समूदायबाट साढे ३ कराेड संकलन

१३ भाद्र २०८१, बिहीबार ११:०४

भदौ १३, काठमाडौँ । अमेरिकामा वेपत्ता भएकी ममता काफ्लेको विषयमा प्रहरी अनुसन्धान जारी रहँदा नेपाली समूदायलाई उनकी एक वर्षकी छोरीको बारेमा चासो र चिन्ता छ ।

ममताका श्रीमान नरेश भट्ट पक्राउ पर्दा उनकी छोरीलाई प्रहरी अधिकारीले ब्ल्यांकेटमा छोपेर सेफ हाउसतर्फ लगेका थिए ।

खुशीको खबर के छ भने ममताकी छोरीले अहिले आफ्नी हजुरआमाको काख पाएकी छन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ममताकी छोरीलाई जिम्मा लिएका हुन् ।


ममताकी आमालाई अमेरिका ल्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् ।

‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले भनिन् ।

दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् । ममताकी छोरीलाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहाल बताउँछिन् ।

ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो । गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हो ।

ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै छन् । आज उनको ‘मोसन हियरिङ’ हुँदैछ । सुनवाइमा ममताकी आमा र भाइ अदालत नजाने बताइएको छ । उनीहरु मिडियासँग बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ