३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुनाकै पिछा गरेर ढोका खोल्न भनेका थिए ‘गोली हान्ने’ बबी सिंहले

१४ भाद्र २०८१, शुक्रबार १०:३२

भदौ १४, काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनको पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय बबी सिंह शनिबार रातितिर मुनाकै कोठाको ढोकातर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

मंगलबार अनुसन्धानकर्ताहरूले उनको सुरक्षा प्रणालीको पासवर्ड प्राप्त गरेको ह्युस्टनस्थित टेलिभिजन एवं अनलाइन क्लिकटुह्युस्टन (केपी आरसी–टीभी)ले जनाएको छ ।

ढोका नजिकैको सीसीटीभी फुटेजमा शनिबार बेलुका ८ बजेर ४० मिनेटतिर मुना र बबी सिंह ढोकामा पुगेको देखिएको क्लिकटुह्युस्टनले उल्लेख गरेको छ ।


सीसीटीभी फुटेजमा मुनाले जुत्ताको बक्स, सपिङ ब्याग, कालो ज्याकेट र पर्स बोकेको देखिएको छ । कालो रङको पेस्तोल बोकेका बबी सिंहले बारम्बार ढोका खोल्न मुनालाई आग्रह गरेको रेडर्कमा देखिएको छ ।

त्यतिबेला मुना पाण्डेले ‘तिमीले के गर्न लागेको हो ?’ भनेर सोधेको सुनिएको बताइएको छ । त्यसपछि बबी सिंहले आफ्नो पेस्तोलको स्लाइड र्‍याक गर्दै फेरि ढोका खोल्न भनेका थिए ।

मुनाले ढोका खोलेपछि बबी सिंहले उनलाई भित्र धकेलर पछाडिबाट ढोका लगाएको फुटेजमा देखिएको छ ।

त्यसको करिब एक घण्टापछि बबी सिंह अपार्टमेन्टबाट बाहिरि निस्किएको देखिएको छ । भित्र पस्दा मुनाले बोकेको कालो झोला बबी सिंहले बोकेर निस्किएको ठानिएको छ ।

बुधबार बबी सिंहको तस्बिर सार्वजनिक भएपछि मुनाले काम गर्ने रेस्टुरेन्टका मालिकलाई अर्काे एक व्यक्तिले बबी सिंह उक्त रेस्टुरेन्टको नियमित ग्राहक भएको भनेको रेस्टुरेन्टका मालिकले अनुसन्धान अधिकारीहरूलाई बताएका छन् ।

ती व्यक्तिले व्यवसाय गर्नका लागि बबी सिंहसँग सम्पर्क राखेको बताइएको छ । उनले अधिकारीहरूलाई शाहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए ।

अर्की एक महिलाले पनि बबी सिंहलाई चिनेको भन्दै खबर गरेकी थिइन् । ती महिलाले उनलाई बबी सिंहका नामले सन् २०१२ मा एक 'सुगर ड्याडी' (महिलाहरूसँग साथी बन्न सामान किनिदिने पुरुष) वेबसाइटमा भेटेको भनेको बताइएको छ ।

यसबीच, मुनाको अन्तिम संस्कारलगायतका खर्च व्यवस्थापन र एकल महिलाका हैसियतमा दिवंगत मुनाकी एकमात्र अभिभावक उनकी आमा अनिता पाण्डेको सहयोगार्थ रकम संकलन अभियानसमेत सुरु भएको छ । उक्त अभियान फन्डरेजिङ प्लेटफर्म गोफन्डमार्फत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ