२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुनाकै पिछा गरेर ढोका खोल्न भनेका थिए ‘गोली हान्ने’ बबी सिंहले

२०८१, १४ भाद्र शुक्रबार १०:३२

भदौ १४, काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनको पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय बबी सिंह शनिबार रातितिर मुनाकै कोठाको ढोकातर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

मंगलबार अनुसन्धानकर्ताहरूले उनको सुरक्षा प्रणालीको पासवर्ड प्राप्त गरेको ह्युस्टनस्थित टेलिभिजन एवं अनलाइन क्लिकटुह्युस्टन (केपी आरसी–टीभी)ले जनाएको छ ।

ढोका नजिकैको सीसीटीभी फुटेजमा शनिबार बेलुका ८ बजेर ४० मिनेटतिर मुना र बबी सिंह ढोकामा पुगेको देखिएको क्लिकटुह्युस्टनले उल्लेख गरेको छ ।


सीसीटीभी फुटेजमा मुनाले जुत्ताको बक्स, सपिङ ब्याग, कालो ज्याकेट र पर्स बोकेको देखिएको छ । कालो रङको पेस्तोल बोकेका बबी सिंहले बारम्बार ढोका खोल्न मुनालाई आग्रह गरेको रेडर्कमा देखिएको छ ।

त्यतिबेला मुना पाण्डेले ‘तिमीले के गर्न लागेको हो ?’ भनेर सोधेको सुनिएको बताइएको छ । त्यसपछि बबी सिंहले आफ्नो पेस्तोलको स्लाइड र्‍याक गर्दै फेरि ढोका खोल्न भनेका थिए ।

मुनाले ढोका खोलेपछि बबी सिंहले उनलाई भित्र धकेलर पछाडिबाट ढोका लगाएको फुटेजमा देखिएको छ ।

त्यसको करिब एक घण्टापछि बबी सिंह अपार्टमेन्टबाट बाहिरि निस्किएको देखिएको छ । भित्र पस्दा मुनाले बोकेको कालो झोला बबी सिंहले बोकेर निस्किएको ठानिएको छ ।

बुधबार बबी सिंहको तस्बिर सार्वजनिक भएपछि मुनाले काम गर्ने रेस्टुरेन्टका मालिकलाई अर्काे एक व्यक्तिले बबी सिंह उक्त रेस्टुरेन्टको नियमित ग्राहक भएको भनेको रेस्टुरेन्टका मालिकले अनुसन्धान अधिकारीहरूलाई बताएका छन् ।

ती व्यक्तिले व्यवसाय गर्नका लागि बबी सिंहसँग सम्पर्क राखेको बताइएको छ । उनले अधिकारीहरूलाई शाहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए ।

अर्की एक महिलाले पनि बबी सिंहलाई चिनेको भन्दै खबर गरेकी थिइन् । ती महिलाले उनलाई बबी सिंहका नामले सन् २०१२ मा एक 'सुगर ड्याडी' (महिलाहरूसँग साथी बन्न सामान किनिदिने पुरुष) वेबसाइटमा भेटेको भनेको बताइएको छ ।

यसबीच, मुनाको अन्तिम संस्कारलगायतका खर्च व्यवस्थापन र एकल महिलाका हैसियतमा दिवंगत मुनाकी एकमात्र अभिभावक उनकी आमा अनिता पाण्डेको सहयोगार्थ रकम संकलन अभियानसमेत सुरु भएको छ । उक्त अभियान फन्डरेजिङ प्लेटफर्म गोफन्डमार्फत चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा