२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेको शव सिग्नल हिल पार्कमा भएको आशंका

१६ भाद्र २०८१, आईतवार ०८:२०

भदौ १६, काठमाडौं । अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्। 

त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३७ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२ ) मा भर्जिनियाको मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ।

तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्। 


योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ। 

यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ।

मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली ममताको घरबाट लगभग एक माइल टाढा रहेको उक्त पार्क पुगेको थियो।

शव भेटिने आशामा प्रहरी अधिकारी र उद्धारकर्मीले सिग्नल हिल पार्कभित्रका जंगल र खेतमा पैदलै खोजी गरेका थिए। 

त्यस क्रममा फेला परेका विभिन्न वस्तु एकत्रित पारी ममतासँग सम्बन्धित हुन् कि होइनन् भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ममताका साथी तथा स्थानीय अनुसन्धानको नतिजाको प्रतीक्षा गरिरहेका छन्। 


यसैबीच ममताको शव लुकाएको मुद्दामा अक्टोबर २४ मा हुने भनिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न अभियुक्त नरेश भट्टका तर्फबाट दायर मोसन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ। 

त्यस दिन बिहान पौने ९ बजे प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा ग्रान्ड जुरी हुने बताइएको छ। 

त्यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको अदालती कागजातमा उल्लेख छ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्दको माग गरेको हो। जसका कारण मुद्दा सीधै अर्को चरण अर्थात्  ग्रान्ड जुरी सुनुवाइमा गएको छ।

ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा काम गर्थिन्। उनी अन्तिमपटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनाससमा देखिएको प्रहरीले जनाएको छ।

भोलिपल्ट अर्थात् जुलाई २८ मा ममताले एक साथीसँग कुराकानी गरेकी थिइन् भने नरेशले उनलाई पछिल्लोपटक जुलाई ३० मा देखेको बताएका छन्। जुलाई ३१ देखि भने ममता बेपत्ता छिन्। 

यसैबीच ममता काफ्ले बेपत्ता हुनुभन्दा महिनौँ अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगल सर्च गरेको पाइएको अभियोजकले गत सोमबार अदालतमा बताएका छन्। 

ममता र नरेशकी १ वर्षीया छोरी निमा हाल नेपालबाट गएकी हजुरआमाको हेरचाहमा रहेको बताइएको छ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-२ घर भएका नरेश र काभ्रेको पनौती-६ की ममताबीच ५ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो।

यस क्रममा प्रेममा परेका उनीहरूबीच २०७७ मंसिर २५ गते विवाह भएको थियो। त्यसको ८ महिनापछि २०७८ साउन १० गते ममता पतिसँगै अमेरिकाका लागि उडेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ