2026-09-08 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेको शव सिग्नल हिल पार्कमा भएको आशंका

भदौ १६, काठमाडौं । अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्। 

त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्रीमान् ३७ वर्षीय नरेश भट्टलाई यही भदौ ६ (अगस्ट २२ ) मा भर्जिनियाको मनासस पार्क प्रहरीले पक्राउ गरिसकेको छ।

तर उनीविरुद्ध अहिले हत्याको अभियोग लगाइएको छैन। हाल उनी शव लुकाएको अभियोगमा प्रहरीको हिरासतमा छन्। 

योसँगै प्रहरीले ममताको शव खोजी पनि जारी राखेको छ। 

यसै क्रममा प्रहरीले शुक्रबार सिग्नल हिल पार्क बन्द गरेर दिनभर शव खोजी गरेको छ।

मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोका अनुसार गुप्तचरहरूले सूचना दिएपछि प्रहरीसहितको टोली ममताको घरबाट लगभग एक माइल टाढा रहेको उक्त पार्क पुगेको थियो।

शव भेटिने आशामा प्रहरी अधिकारी र उद्धारकर्मीले सिग्नल हिल पार्कभित्रका जंगल र खेतमा पैदलै खोजी गरेका थिए। 

त्यस क्रममा फेला परेका विभिन्न वस्तु एकत्रित पारी ममतासँग सम्बन्धित हुन् कि होइनन् भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ममताका साथी तथा स्थानीय अनुसन्धानको नतिजाको प्रतीक्षा गरिरहेका छन्। 

यसैबीच ममताको शव लुकाएको मुद्दामा अक्टोबर २४ मा हुने भनिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न अभियुक्त नरेश भट्टका तर्फबाट दायर मोसन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ। 

त्यस दिन बिहान पौने ९ बजे प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा ग्रान्ड जुरी हुने बताइएको छ। 

त्यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको अदालती कागजातमा उल्लेख छ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्दको माग गरेको हो। जसका कारण मुद्दा सीधै अर्को चरण अर्थात्  ग्रान्ड जुरी सुनुवाइमा गएको छ।

ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रेजिस्टर्ड नर्सका रूपमा काम गर्थिन्। उनी अन्तिमपटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनाससमा देखिएको प्रहरीले जनाएको छ।

भोलिपल्ट अर्थात् जुलाई २८ मा ममताले एक साथीसँग कुराकानी गरेकी थिइन् भने नरेशले उनलाई पछिल्लोपटक जुलाई ३० मा देखेको बताएका छन्। जुलाई ३१ देखि भने ममता बेपत्ता छिन्। 

यसैबीच ममता काफ्ले बेपत्ता हुनुभन्दा महिनौँ अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगल सर्च गरेको पाइएको अभियोजकले गत सोमबार अदालतमा बताएका छन्। 

ममता र नरेशकी १ वर्षीया छोरी निमा हाल नेपालबाट गएकी हजुरआमाको हेरचाहमा रहेको बताइएको छ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-२ घर भएका नरेश र काभ्रेको पनौती-६ की ममताबीच ५ वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो।

यस क्रममा प्रेममा परेका उनीहरूबीच २०७७ मंसिर २५ गते विवाह भएको थियो। त्यसको ८ महिनापछि २०७८ साउन १० गते ममता पतिसँगै अमेरिकाका लागि उडेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित