२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुना पाण्डेको हत्या: एक वर्षअघि नै कसैले पछ्याइरहेको भन्दै मुनाले मागेकी थिइन् सहयोग

१९ भाद्र २०८१, बुधबार ०६:३७

भदौ १९, काठमाडौँ | अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ ।

क्लिकटुह्युस्टन डटकमसँग कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले मुनाले एक वर्षदेखि कसैले पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन् ।


त्यसपछि आफूले नै अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए । उनलाई त्यसबेला कसले पछ्याएको थियो भन्ने कहिल्यै खुलेन ।

कुँवरका अनुसार, क्यामेरा राखेपछि उनलाई मुनाको सुरक्षाबारे त्यति चिन्ता लागेको थिएन । तर, एक्कासी उनको अपार्टमेन्ट बाहिर अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामेराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।

त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

प्रहरीले हत्या कारण र प्रयोग भएको हतियारको बारेमा खुलासा गरेको छैन। पाण्डे २०२२ मा अमेरिका गएकी थिइन् र ह्युस्टन कम्युनिटी कलेजमा अध्ययन गर्दै थिइन्। उनी स्थानीय एक स्टोरमा पनि काम गर्दै थिइन्। पाण्डेको स्थायी थलो भोजपुर हो र उनकी आमा काठमाडौंमा बस्दै आएकी छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का