2026-09-08 10:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुना पाण्डेको हत्या: एक वर्षअघि नै कसैले पछ्याइरहेको भन्दै मुनाले मागेकी थिइन् सहयोग

भदौ १९, काठमाडौँ | अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्ष अघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ ।

क्लिकटुह्युस्टन डटकमसँग कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले मुनाले एक वर्षदेखि कसैले पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन् ।

त्यसपछि आफूले नै अपार्टमेन्ट बाहिर सर्भिलेन्स क्यामेरा राख्न सहयोग गरेको कुँवरले बताएका छन् । क्यामेरा राखेपछि भने ती संदिग्ध व्यक्ति त्यहाँ देखिन छाडेका थिए । उनलाई त्यसबेला कसले पछ्याएको थियो भन्ने कहिल्यै खुलेन ।

कुँवरका अनुसार, क्यामेरा राखेपछि उनलाई मुनाको सुरक्षाबारे त्यति चिन्ता लागेको थिएन । तर, एक्कासी उनको अपार्टमेन्ट बाहिर अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । प्रहरीले हत्यामा सर्भिलेन्स क्यामेराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।

त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए । शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

प्रहरीले हत्या कारण र प्रयोग भएको हतियारको बारेमा खुलासा गरेको छैन। पाण्डे २०२२ मा अमेरिका गएकी थिइन् र ह्युस्टन कम्युनिटी कलेजमा अध्ययन गर्दै थिइन्। उनी स्थानीय एक स्टोरमा पनि काम गर्दै थिइन्। पाण्डेको स्थायी थलो भोजपुर हो र उनकी आमा काठमाडौंमा बस्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित