१८ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकी प्रहरीले भन्यो- ममता काफ्लेको केसमा नयाँ ‘क्लु’ पायौं, एक व्यक्ति सम्पर्कमा

२८ भाद्र २०८१, शुक्रबार १२:३५

भदौ २८, काठमाडौँ । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको अनुसन्धान प्रगतिबारे अमेरिकी प्रहरीले सार्वजनिकरुपमा जानकारी गराएको छ । सिटी अफ मनासस पार्क पुलिस डिपार्टमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समूदायलाई पछिल्लो अपडेट दिएको हो ।

विज्ञप्तिमा ममता काफ्लेको अनुसन्धानमा प्रहरीले विभिन्न सूचना र प्रमाणहरु प्राप्त गरिरहेको उल्लेख छ । साथै, घटनाको विषयमा सूचना भएका एकजना व्यक्ति प्रहरीको सम्पर्कमा आएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै एकजना व्यक्ति सूचना सहित आएका छन्, जुन यो केसमा सहयोगी हुन सक्छ ।’


प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ । विज्ञप्तिमा जुलाइ २८ देखि अगष्ट ५ भित्र नरेश भट्टसँग भेटघाट वा कुराकानी भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आह्वानसमेत गरिएको छ । जुलाइ २८ बाट ममता बेपत्ता भएकी थिइन् भने अगष्ट ५ मा नरेशले श्रीमती हराएको उजुरी दर्ता गरेका थिए ।

‘हामी अहिलेसम्म अनुसन्धानकर्ताहरुले नभेटेका वा बयान नलिएका व्यक्तिहरु खोजिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

मनाससका प्रहरी प्रमुख मारियो लुगोले एक व्यक्ति नाम नखोल्ने शर्तमा आफूहरुको सम्पर्कमा आएको र केही सूचना दिएको बताएका छन् ।

उनले डब्लुयूएसए ९ च्यानलसित कुरा गर्दै भने, ‘उनले दिएका सूचनाहरुमा हामी काम गरिरहेका छौं । घटनासँग सम्वन्धित हुन् कि होइनन् भनेर हेरिरहेका छौं ।’

प्रहरीले ममताको घर परीसरमा खोजतलास जारी राखेको छ । पछिल्लो पटक बुधबार गरिएको खोजतलासमा केही पनि नयाँ प्रमाण नभेटिएको लुगोले बताए । तर, अघिल्ला खोजतलासहरुमा घटनासँग सम्वन्धित हुनसक्ने केही प्रमाणहरु फेला परेको उनको भनाइ छ । ती प्रमाणहरुको फरेन्सिक परिक्षण भइरहेको उनले जानकारी दिए ।

नेपाली समूदायलाई सम्वोधन गर्दै लुगोले भने, ‘हामी अहिले पनि ममताको खोजी गरिरहेका छौं । सानो–सानो कुराहरुलाई एक ठाउँमा राखेर ममतालाई न्याय दिनुपर्ने छ ।’

प्रहरीले ममताका श्रीमान नरेशविरुद्ध लाश वेपत्ता पारेको मुद्दा मात्र दायर गरेको छ । त्यसको अर्को एउटा मोसन हियरिङ आज हुँदैछ । आज पनि नरेशकै वकिलका मागअनुसार मोसन राखिएको हो । उनीहरुले ममता कार्यालयबाट निस्किएको र कालो कारभित्र चढेको सीसीटीभी फुटेज तथा उनको फोनभित्रका डाटाहरुको सूचना आफूहरुलाई पनि शेयर गर्नुपर्ने माग राखेका छन् । यही विषयमा आजको सुनवाइमा न्यायाधीशले निर्णय दिनेछन् ।

फक्स ५ वासिंटन डिसी च्यानलले अदालतको डकुमेन्टलाई उध्दृत गर्दै नरेशले आफ्नो आम्दानी शून्य देखाएको जनाएको छ । जबकी उनी कामकाजी व्यक्ति हुन् ।

प्रहरी नरेशलाई फेलोनी १ अन्तर्गत हत्याको मुद्दा दायर गर्ने प्रयासमा छ, तर प्रमाण पुगेको छैन । अहिले दायर भएको मुद्दा फेलोनी ६ अन्तर्गत लाश लुकाएको सम्बन्धी हो । आउँदो १६ तारिखबाट ५ महिनाभित्र यो अभियोग प्रमाणित भएन भने नरेशले सफाइ पाउन सक्छन् । तर, त्योभन्दा अगाडि नै प्रहरीले हत्याको मुद्दा दायर गरिने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीमा भाईटिका ग्रहण गर्दै (हेर्नुहोस् फोटो/भिडियो) वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास सम्बन्धि कार्यक्रममा सहभागी हुन इजिप्ट प्रस्थान विश्वकप लिग–टू: नेपाल अमेरिकासँग अलआउट, नेपाल ३७ रनले पराजित आज भाइटीका: उत्तम साइत बिहान ११ः३७ बजे यस्तो छ आजको मौसम पूर्वानुमान: बिभिन्न प्रदेशमा वर्षाको सम्भावना नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित