२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

बेंगलुरु हत्या प्रकरण : ‘शवलाई झुण्ड्याउने प्रयास असफल भएपछि टुक्रा-टुक्रा पारेर फ्रिजमा राखे’

११ आश्विन २०८१, शुक्रबार १२:२०

असोज ११, काठमाडौँ । भारतको बेंगलुरुमा नेपाली महिला एच महालक्ष्मी दासको हत्या घटनामा नयाँ तथ्यहरु खुल्दै आएका छन् ।

प्रहरीले मुख्य अभियुक्त भनेको मुक्ति रञ्जन रायले सुसाइड नोट लेखेर आत्महत्या गरेपछि नयाँ तथ्य खुल्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दासले आफूलाई अपहरणको मुद्दामा फसाउने धम्की दिएको कारण हत्या गरेको रायले सुसाइड नोटमा उल्लेख गरेका छन् ।

आजतककाअनुसार प्रहरीले फेला पारेको मुक्ति रञ्जनको सुसाइड नोटमा उनले धेरैजसो अङ्ग्रेजी र कतिपय ठाउँमा उडिया भाषा प्रयोग गरेको उल्लेख छ ।

उनले सुसाइड नोटमा लेखेका थिए, ‘म उनलाई मन पराउँथें, माया गर्थे तर उनको व्यवहार पछिल्लो समय ठीक थिएन । उसले मलाई अपहरणको मुद्दामा फसाउने धम्की दिन्थिन् । मैले धेरै पैसा पनि खर्च गरें ।’

हत्या गरेपछि दास आमाको अगाडि गएर रुँदै अपराध गरेको बताएका थिए ।


हत्यालाई आत्महत्या देखाउने प्रयास असफल

रायले घटनापछि दासको शव झुन्ड्याएर आत्महत्या जस्तो देखाउने प्रयास गरेको खुलेको छ । हिन्दुस्तानसँगको कुराकानीमा रायका भाइले यसबारे खुलाएका हुन् ।

उक्त पत्रिकासँग उनले भने, ‘म बेरहमपुरमा बसेर पढ्छु, घटनापछि मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन् । उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना बनाएका थिए ।’

उनले थपेका छन्, ‘जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा-टुक्रा पारे र फ्रिजमा राखे ।’

दासले हेमन्त दाससँग विवाह गरेकी थिइन् । असमझदारी बढेपछि उनी ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन् भने उनका पति भारतमै तर अर्कै शहरमा काम गरेर बस्थे ।

भाइ सत्यकाअनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन् । तर, बेंगलुरुको एउटै पसलमा काम गर्ने उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो ।

सत्यले भने, ‘दाइले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन् । उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन् । हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो । त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन् । अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो ।’

घटना सेप्टेम्बर ३ मा भएको सत्य बताउँछन् ।

सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए । त्यसपछि शवलाई छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन् । त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे ।’

सेप्टेम्बर २१ मा महालक्ष्मीको शव छरिएको अवस्थामा फ्रीजमा भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान