विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -स"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोस्टनमा धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

२२ फाल्गुन २०७३, आईतवार ०७:२१


विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम "नाम कार्यक्रम गर्ने भएका छन् l 

मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले संचार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अर्थको संकट भन्ने जानकारी पाए पछि साथीभाई संग सल्लाह गरेर धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गर्ने भएका हुन् l 

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन यूवा समूह बोस्टनबासी नेपाली समुदाय संग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् l 

केहि दिन अगाडी एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए l 

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताएका थिए l 

कर्म वीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम को सत प्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूह मध्येका सदस्य शिव प्रकाशले बताए l  

रात्री भोजनको प्रायोजन बोस्टन स्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने रात्री भोजन तथा सभा कक्षको लागि निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको शिव प्रकाशले थप जानकारी दिएका छन् l 

बोस्टन का कार्यक्रम को आयोजना गर्ने समुहले धुर्मुस सुन्तली फाउन्डेसनको लागि एकीकृत नमुना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्नको लागि प्रक्रिया पनि अगाडी बढाएको छ l सहयोग गर्न चाहनेले उक्त फन्ड बाट पनि आर्थिक सहयोग गर्न सरल होस् भन्ने हेतुले त्यस तर्फ सोच बनाईएको आयोजकले बताएका छन् l 

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l 

कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुने छ भने कार्यक्रम साँझ ७ बजे देखि ९ बजे सम्म रात्री भोज कोष वृद्धि कार्यक्रम गरिने छ l कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुने छ l 

आयोजक समुहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टन बासीलाई अनुरोध यसै संचार माध्यम बाट अनुरोध गरेका छन l 

आयोजक समुहका शिव प्रकाश समाज सेवी मात्र नभई लेखक पनि हुन् l समाज सेवा गर्नु परेमा आफु मात्र नभई पतिपत्नी दुवै जना सहयोग गर्न ईक्षा र मन राख्दछौ भने l उनले नेपाल को भूकम्प तथा शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरि सकेका छन् l 

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रममा एक पैसा पनि खर्च काटिने छैन भन्दै संकलन भएको सम्पूर्ण रकम नेपाल पठाइने पुन स्मरण गराएका छन् l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने