मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

३ चैत्र २०७३, बिहीबार ०३:२८


मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले "परिवर्तनका लागि साहसी बन" नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ ।    

कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । 


कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताउनु भयो । 

आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराउनु भयो भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराउनु भयो । 

संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा  आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गर्नु भयो । 


संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गर्नु भयो । कार्यक्रमको सन्चालन अन्जना नेपालले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन