विजय थापा/चैत १४, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/चैत १४, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त बिजयी

२०७३, १४ चैत्र सोमबार ०६:४९

विजय थापा/चैत १४, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l 

उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्ष पदमा उनको जित भएको छ l नया कार्यकारी समितिको कार्यकाल २०१७ -२०१९ सम्म रहने छ l  

उनले ३१२ मत प्राप्त गरि अध्यक्ष पदमा जितेकी छिन् भने अध्यक्ष पदका प्रत्याशीहरु सतिस चापागाईले २३४ तथा श्रीजन ताम्राकारले ७९ मत प्राप्त गरेका थिए l यसै गरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्तले ४४८ मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी इन्दु रेग्मीले १६६ मत प्राप्त गरे l र १६ मत बदर भएको छ l यसै गरि अन्य पदमा निर्बिरोध रुपमा पहिला नै अन्य उम्मेद्वारहरु बिजयी भै सकेका छन् l

नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीको रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएकी हुन् l उनले २००९ देखी २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकाल सम्म काम गरेकी  छिन् l 

उनले महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ,आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ,बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने ,नेपाली पहिचान, कला संस्कृती र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ,लेखा पारदर्शिता र आकस्मिक कोष को सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सुचना र सहयोग केन्द्र स्थापना गर्ने जस्ता मुद्धाहरु अगाडी सारेकी थिइन् l 

उनले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठी र कुनै राजनैतिक वा समुह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै आफु समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन आग्रह गरेकी थिइन् l 

५ सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम बिश्वकर्मा रहेका थिए भने सदस्यहरुमा पदम पुन,किरण पन्थ ,मंगल महर्जन तथा राम कृष्ण भट्टराई रहेका थिए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा