Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा हालसम्म २१ थान हतियार प्रहरीमा बुझाइए

२०७३, १७ चैत्र बिहीबार १६:४०

लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन निर्देशन गरे अनुरुप स्थानीय प्रशासनले हतियार बुझाउन सार्वजनिक अपिल गरेपछि हालसम्म २१ थान हतियार प्रहरी चौकीमा बुझाएका छन । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृहले हतियार खोज्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । 

चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने भनिएपनि जिल्लामा इजाजत प्राप्त हतियार संख्या कति छ भन्ने एकिन संख्या भने छैन । हालसम्म जिल्ला प्रहरी कार्यालयमा २ थान प्रहरी चौकी लालीमा २ थान, इलाका प्रहरी चौकी रिठाचौपातामा १ थान हतियार जम्मा भएको छ । भने सबैभन्दा बढी प्रहरी चौकि मालीकार्जुनमा ११ थान र प्रहरी चौकि संकरपुरमा ५ थान हतियार जम्मा भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । यसअघि द्धन्द्धकालमा बुझाइएका हतियारहरु केहि नष्ट भएको तथा पुन नविकरण गर्दै नयाँ बनेका हतियारहरुको एकिन संख्या आउन नसकेको डिएसपी खनालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बारबोर हतियार २१ जनाले नविकरण गरेका छन् । भने ११ थान बारबोर हतियार नविकरण नभएको जनाइएको छ । जिल्लाका हरेक साविकका गाविसमा भरुवा बन्दुक रहेपनि के कति नविकरण भयो भन्ने जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको पूरानो अभिलेख अनुसार जिल्लाभरी झण्डै ७ सय ८४ थान बढि भरुवा बन्दुक रहेका छन् । तर पछिल्लो द्धन्द्धकालयता नविकरण भए नभएका हतियारबारे गाविसस्तरमा मात्र जानकारी हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश