विजय थापा/बैशाख ३१, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/बैशाख ३१, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षकलाई छैठौ कालो फित्ता उपाधि प्रदान

३१ बैशाख २०७४, आईतवार १३:१२


विजय थापा/बैशाख ३१, वाशिंगटन डिसी l अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाल लाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छ l 

उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनि सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको हो l 

उक्त पाठशालामा नेपाली प्रशिक्षक ,खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा शानदार सम्म भित्तामा अन्य देश संगै सजिएको छ l 

बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधि ले सम्मान गरिएको छ l 


संस्थापक एचके ली कोरियन मुलका हुन् भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफु भित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए l 

प्रशिक्षक बलाल ले नेपाल बाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरि सकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन् l

उनि निर्णायक को भूमिका को निर्वाह गर्छन भने उनि क समुहका प्रमाणित निर्णायक पनि हुन् l बलाल बिश्वका ३० वटा देशमा टोलि नेता ,व्यवस्थापक ,निर्णायक तथा खेलाडीको रुपमा सहभागिता गरि सकेका छन् l 

उनि नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो फेडेरेसन ,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि रही सकेका छन् l सन् २०१२ देखि डीसी को ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनि नेपाल तेक्वान्दो फेडेरेसन का वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स ते क्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता