2026-09-27 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?

काठमाडौँ | अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अझ ठूलो हावाहुरीको चेतावनी मौसम पूर्वानुमानकर्ताहरूले दिएसँगै त्यहाँ लागेको आगो झन फैलिने ठानिएको छ। एक साता पुग्न लाग्दा पनि आगो नियन्त्रणमा उल्लेख्य प्रगति नभएको बताइएको छ।

डढेलोबाट अहिलेसम्म करिब २७५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।

यसैबीच क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालले डढेलोबाट अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको जानकारी दिएका छन्।

‘लस एन्जलस क्षेत्रमा रहेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ,’ ढकालले भने, ‘आगलागी छैटौं दिनमा प्रवेश गरेको छ। नियन्त्रणको प्रयास खासै राम्रो हुनसकेको छैन।’

उनका अनुसार क्यालिफोर्नियाको अल्टाडेना क्षेत्रको १४ हजार ११७ एकड क्षेत्रमा डढेलो लागिरहेको र अहिलेसम्म २७ प्रतिशत डढेलोमात्रै नियन्त्रणमा आएको छ।

त्यस्तै लस एन्जलस सहरको २३ हजार ६५४ एकड क्षेत्रमा डढेलो लागिरहेकोमा ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह