साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मोना कतारको भाग्यसाली चिट्ठाको नतिजा सार्वजनिक

२०७४, १ श्रावण आईतवार ०८:००


साउन १, कतार । म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले आकस्मिक कोष सहयोगार्थ सन्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । दोहाको भुयान (नेपाली आगन) रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सस्थाका अध्यक्ष रमेस पौडेलले सभापतिको आशन ग्रहण गरेका थिए । तेस्तै मोना आईसिसीका सचिव रेशम शाही प्रमुख अतिथि रहेका थिए । त्यसैगरी समाजका प्रमुख सल्लाहकार किरण शाही, संरक्षक विक्रम कार्की, सल्लाहकार हिमाल सुबेदी,नरेन्द्र फगामी विशेष अतिथी रहेका थिए । साथै कार्यक्रममा समाज सेवी झविन्द्र आचार्य, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार द्वय दिल कुमार श्रेष्ठ, दिल रानाभाट, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल, फोटो ग्राफर राजन लामा, केशव कंडेल लगायत अतिथी रहेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष शिव चोखालले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । चिठ्ठा कार्यक्रम समाजको आकस्मिक कोष वृद्धिका लागि सन्चालन गरिएको थियो ।

सोहि चिठ्ठा कार्यक्रमबाट भएको आम्दानीलाई रोजगारिको शिलशिलामा म्याग्दी जिल्लाबाट कतारमा आई श्रम गरिरहदा विभिन्न समस्यामा परेका नेपालीहरुलाई विशेष प्राथमिकताका साथ सहयोग गरिने चिठ्ठा कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले साझा नेटवर्कलाई जानकारी दिए । समाजले स्थापना गरेको आकस्मिक कोषबाट विभिन्न समयमा कतारमा समस्यामा परेका म्याग्देली तथा गैर म्याग्देलीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मोना कतारले आकस्मिक कोष वृद्धिका लागि संचालन गरेको चिट्ठा कार्यक्रम निकै नै महत्वपूर्ण रहेको बताए । प्रवासमा भईपरी आउने समस्याको समाधानका लागि मोना कतारले सन्चालन गरेको कार्यप्रति धन्यवाद दिदै यस्ता समस्या समाधानमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिए ।

समाजले शुक्रबार सार्वजनिक गरेको भाग्यशाली चिठ्ठा कार्यक्रमका विजेताहरु निम्न प्रकार रहेका छन ।

प्रथम पुरस्कार ल्यापटप एकजनालाई

नरेन्द्र फगामी चिट्ठा न. १०१२

द्वितिव पुरस्कार ३२ इन्च एलसीडी टिभी एकजनालाई

सरस्वती भण्डारी चिट्ठा न. ०८५२

तृतीया पुरस्कार ट्याबलेट एकजनालाई

हेम कुमार तीथाकोटी चिट्ठा न. ०२२५

चौथो पुरस्कार मोबाइल फोन चार जनालाई

रश्मी केसी – चिट्ठा न. ८१३

लक्ष्मण सुवेदी चिट्ठा न.११०३

थम बहादुर बस्नेत चिट्ठा न.००६

हिमाल सुवेदी चिट्ठा न. ०५११

पाचौ/सान्त्वना पुरस्कार घडी पाच जनालाई

भीमबहादुर घर्ति चिट्ठा न.०४१०

मिनु छेत्री चिट्ठा न. १०८०

भुपाल पाण्डे चिट्ठा न. ००२७

दिपु तामाङ चिट्ठा न. ७१०

राजन बि क चिट्ठा न. ४४७

भाग्यशाली चिठ्ठा कार्यक्रमका प्रथम पुरस्कार विजेता नरेन्द्र फगामीले आफुले जितेको पुरस्कारबाट नगद क.री. ५०० समाजको आकस्मिक कोषलाई प्रदान गरेका छन् ।

समाजका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेलको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष तथा कार्यक्रमका सभापति पौडेलले मोना कतारले सन्चालन गरेको आकस्मिक कोष सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रमा चिट्ठा काटेर परे उपहार नपरे सहयोग भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोग गर्नुहुने सामाजिक सस्था, व्यवसायी, समाजसेवी, पत्रकार, मिडियाकर्मी, कलाकार सम्पूर्णलाई विशेष आभार प्रकट गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा