2026-09-06 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकाले १ हजार ३६५ जना नेपालीलाई निष्कासन गर्दै, सेनाकै विमान प्रयोग हुने

अमेरिकाले आफ्नै सेनाको विमानमा हालेर आप्रवासीहरुलाई नेल र हत्कडी लगाएर देशबाट निस्कासन गर्ने

काठमाडौँ । अमेरिकाको अमेरिकाको अध्यागमन कार्यालयले  सार्वजनिक गरेको विवरण अनुसार एक हजार ३६५ जना नेपालीलाई अमेरिकाले निस्कासन गर्ने भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर लखेट्ने प्रक्रिया जारी राखेपछि निष्कासनमा पर्नेहरुमा नेपालीको संस्ख्या पनि तोकिएको हो ।

अमेरिकाले आफ्नै सेनाको विमानमा हालेर आप्रवासीहरुलाई नेल र हत्कडी लगाएर देशबाट निस्कासन गर्नेछ । सार्वजनिक विवरण अनुसार अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या तोकिएको छ ।

ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

नेपालका धेरै युवाहरु विद्यार्थी भिसामा, वर्क भिसामा वा गैरकानुनी रूपमा अमेरिका पुगेका थिए । कडाइका कारण अवैध रूपमा बसेका नेपालीहरूमध्ये केहीलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सन् २०१९ मा, अमेरिकी सरकारले अदालतको प्रक्रियाबिना नै दुई वर्षभन्दा कम समयदेखि अमेरिकामा रहेका अवैध आप्रवासीहरूलाई तत्काल निष्कासन गर्न सकिने नयाँ नियम लागू गरेको थियो।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अझ कडा पार्ने घोषणा गरेका थिए । उनले अमेरिकामा जन्मिने शिशुहरूलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको अधिकार समाप्त गर्ने योजना पनि सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ