१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के अमेरिकाले डिभी ‘लट्री’ कार्यक्रम बन्द गर्न लागेको हो?

१ फाल्गुन २०८१, बिहीबार १३:१२

एजेन्सी | अमेरिकी रिपब्लिकन सांसदहरूले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लट्री कार्यक्रम अन्त्य गर्ने प्रस्ताव अघि सारेका छन्। उनीहरूका अनुसार ‘अनुहारविहीन कम्प्युटर कोड’ मार्फत अनियमित रूपमा भिसा वितरण गरिनु राष्ट्रिय सुरक्षाका लागि खतरा बन्न सक्छ। फक्स न्यूजका अनुसार, यो कार्यक्रम हटाउनका लागि नयाँ विधेयक प्रस्ताव गरिएको छ।

विदेश विभागद्वारा सञ्चालित डिभी कार्यक्रमले प्रत्येक वर्ष चिट्ठा प्रणालीमार्फत ५५ हजार आप्रवासीहरूलाई ग्रीन कार्ड प्रदान गर्छ। तर, रिपब्लिकन सांसदहरूले योग्यता आधारित छनोट प्रक्रियाको सट्टा लट्रीमार्फत बसोबासको अनुमति दिनु राष्ट्रिय सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको तर्क गर्दै आएका छन्।

बुधबार रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले ‘अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५’ नामक विधेयक प्रस्तुत गरे। यस विधेयकको मुख्य उद्देश्य डिभी लट्री कार्यक्रम समाप्त गर्नुका साथै लट्री विजेताहरूले आफ्ना परिवारका सदस्यहरूलाई प्राथमिकताका आधारमा ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने व्यवस्था हटाउनु रहेको छ।

कोलिन्सले विज्ञप्ति जारी गर्दै भने, ‘डाइभर्सिटी भिसा कार्यक्रम सरकारी सद्गुण देखाउने अनावश्यक अभ्यास हो। यसले हाम्रो अध्यागमन प्रणालीलाई अस्थिर बनाउँदै आएको छ। हामीले एउटा कम्प्युटर कोडलाई वार्षिक रूपमा ५०,००० आप्रवासीहरूको नागरिकता निर्धारण गर्ने अधिकार दिएका छौँ, जुन उपयुक्त समाधान होइन।’

उनले थपे, ‘भिसा लट्री प्रणाली अन्त्य गर्नु अत्यन्त जरुरी छ। यो विधेयकले बिग्रिएको अध्यागमन प्रणाली सुधार गर्नेछ र अमेरिका-प्रथम नीति अनुरूप पुनर्संरचना गर्न मद्दत गर्नेछ।’

डिभी कार्यक्रम अन्तर्गत आवेदन दिने व्यक्तिले निश्चित योग्यता पूरा गर्नुपर्छ। आवेदन दिनका लागि आवेदक ऐतिहासिक रूपमा कम आप्रवासन दर भएका देशका हुनुपर्छ र कम्तीमा उच्च माध्यमिक शिक्षा हासिल गरेको हुनुपर्छ।

तर, रिपब्लिकन सांसदहरूले यो कार्यक्रम सुरक्षा जोखिमयुक्त रहेको बताउँदै आएका छन्। सन् २०१७ मा, डिभी चिट्ठामार्फत ग्रीन कार्ड प्राप्त गरेका सैफुलो साइपोभ नामक एक आतंककारीले हेलोवीनको दिन न्यूयोर्कमा ट्रक आक्रमण गरी आठ जनाको हत्या गरेका थिए। त्यस्तै, अर्को आतंककारी अकायद उल्लाह पनि यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको बताइएको छ।

यो विधेयकको सह–प्रायोजकहरूमा टेनेसीका एन्डी ओगल्स, टेक्सासका ब्रान्डन गिल, फ्लोरिडाका माइक ह्यारिडोपोलोस, फ्लोरिडाका डेनियल वेबस्टर, विस्कान्सिनका टम टिफनी, र टेक्सासका ट्रोय नेहल्स रहेका छन्।

डिभी लट्री प्रणाली अन्त्य गर्ने प्रस्तावलाई अमेरिकी राजनीतिक वृत्तमा नयाँ बहसको रूपमा हेरिएको छ। यसले अध्यागमन नीति परिवर्तन गर्न महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’